काठमाडौं, १४ माघ । एकै दिन बुधबार सुनको मूल्य तोलामा ९ हजार ५ सय रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार तोलामा छापावाल सुनको मूल्य ३ लाख १८ हजार ८ सय रुपैयाँ तोकेको हो । मंगलबार एक तोला सुनको मूल्य ३ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
बुधबार चाँदीको मूल्य ७ हजार ३ सय रुपैयाँ तोकिएको छ । मंगलबार एक तोला चाँदी ६ हजार ८ सय ७० रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदी महँगिनुको कारण अमेरिकाले निम्त्याएको विश्वव्यापी तनाव रहेको व्यवसायीहरूले बताउँदै आएका छन् ।




