हेरिटेज नेपाल न्यूज

रेशम उद्योगको पुनःजागरणका लागि राष्ट्रिय सम्मेलन हुँदै

Date:

Share post:

Changunarayan Nagarpalika

काठमाडौँ, २१ पुस । नेपालमा रेशम उद्योग पुनःजागरणका लागि राजधानीमा राष्ट्रिय रेशम सम्मेलन आयोजना गरिएको छ । ह्याण्डलुम फ्याब्रिक्स मेकर्स अफ नेपाल र रेशम विकास केन्द्रको संयुक्त आयोजनामा यही पुस २६ गते सो सम्मेलन हुन लागेको हो ।
नेपालको रेमश उद्योगलाई रणनीतिक, उच्च मूल्य अभिवृद्धि हुने र दिगो राष्ट्रिय उद्योगका रुपमा पुनःस्थापित गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको ह्याण्डलुम फ्याब्रिक्सका अध्यक्ष रोशकुमार पोखरेलले जानकारी दिए ।
सम्मेलनमा सरकार, निजी क्षेत्र, बैङ्क तथा वित्तीय संस्था, लगानीकर्ता, गैरआवासीय नेपाली, विकास साझेदार, कृषक, सहकारी, उद्यमी तथा निर्यातकर्ताहरुलाई एउटै राष्ट्रिय मञ्चमा एकत्रित गरिनेछ । सम्मेलनको कृषि तथा पशुपक्षी विकास मन्त्री डा मदनप्रसाद परियारले उद्घाटन गर्ने कार्यक्रम छ ।
सम्मेलनमा ‘नेपालमा दिगो रेशम खेतीको आधार स्थापना’, ‘नेपालको मूल्य अभिवृद्धि रेशम उत्पादन पारिस्थिति प्रणालीको निर्माण’ र ‘नेपाल रेशम भिजन २०२६-२०३५ को लागि सक्षम रेशम पारिस्थितिक प्रणालीको निर्माण’ सम्बन्धी सत्र सञ्चालन हुनेछ ।
ह्याण्डलुम फ्याब्रिक्सका अध्यक्ष पोखरेलले भने, ‘नेपालमा आज रेशम उद्योग सञ्चालनमा छैन, यसको कारण सम्भावनाको अभाव होइन, दीर्घकालीन उपेक्षा, विखण्डन र लगानीको कमी हो, विश्व बजारमा दिगो तथा प्राकृतिक वस्त्रको माग बढिरहेका बेला अब रेशमलाई वेवास्ता गर्न सकिँदैन ।’
रेशम विश्वकै उच्च मूल्य हुने कृषि-औद्योगिक उत्पादनहरुमध्ये एक हो । सोबार पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष पोखरेलले रेशम उत्पादनबाट उच्च आम्दानी, न्यून कार्वन उत्सर्जन, महिलामुखी तथा ग्रामीण रोजगारी, कच्चा पदार्थभन्दा मूल्य अभिवृद्धि भएको निर्यातलगायत फाइदा लिन सकिने बताएका हुन् ।
करिब २२ हजार हेक्टर क्षेत्रमा किम्बु (मुलबेरी) खेती, त्यससँगै रेमश किरा पालन, धागो उत्पादन, बुनाइ र वस्त्र निर्माणलाई एकीकृतरुमपा विकास गर्न सकेमा वार्षिक रु पाँच खर्ब बराबरको आर्थिक मूल्य सिर्जना गर्न सकिने सम्भावना रहेको ह्याण्डलुम फ्याब्रिक्सले जनाएको छ ।
एकीकृत मूल्य श्रृङ्खलाको अभाव, नीतिगत प्राथमिकताको कमी, वित्तीय पहुँच र बीमाको अभाव, प्रविधि तथा सीपको कमी, बजार तथा निर्यात संयन्त्रको अभावलगायतका कारण रेशम उद्योग सङ्कटमा पर्दै गएको अध्यक्ष पोखरेलको भनाइ छ ।
सोही समस्या समाधानमा सरोकारवालाको ध्यानाकृष्ट गर्ने लक्ष्यका साथ सम्मेलन आयोजना गरिएको उनले स्पष्ट पारे । सम्मेलनमा नेपालको रेशम विकासको १० वर्षे ढाँचा (२०२६-२०३५) को अवलम्बन, ‘क्लस्टर’मा आधारित किम्बु खेती र रेशम किरा पालन, विशेष वित्तीय, व्यापारिक तथा बीमा संयन्त्र, प्रविधि हस्तान्तरण र सीप विकास, एकीकृत ‘नेपाल सिल्क’ ब्राण्डिङ र बजार पहुँचलगायत विषयमा गहन छलफल हुनेछ ।
सम्मेलनबाट रेशमलाई रणनीतिक राष्ट्रिय उद्योगको मान्यता, सरकारलाई नीतिगत सिफारिस, लगानी तथा वित्तीय प्रतिबद्धता, किसान, सहकारी, लगानीकर्ता र निर्यातकर्ताबीच नयाँ साझेदारी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मिडियामार्फत जनचेतना अभिवृद्धि हुने अपेक्षा गरिएको ह्णडलुम फ्याब्रिक्सका उपाध्यक्ष रामलाल श्रेष्ठले जानकारी दिए

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Rastriya Parichhayapatra
Nepal Oil Neegam

सम्बन्धित लेखहरू

त्रिशुली किनारमा बालुवामा पुरिएको अवस्थामा बस भेटियो, गत वर्ष बेपत्ता डिलक्स बस भएको आंशका

काठमाडौं, २७ पुस । तनहुँको आँबुखैरहनी गाउँपालिका–५ द्वोन्द्राङ बेँसीस्थित त्रिशूली किनारमा बसको टुक्रा भेटिएको छ । माछा मार्ने...

सुनको मूल्य बढ्यो

काठमाडौं, २७ पुस । स्थानीय बजारमा सुनचाँदीको मूल्यमा निरन्तर उतारचढाव देखिएको छ । पछिल्ला दुई दिनमा सुनको मूल्य...

नेपाल आयल निगमको ५६औँ वार्षिकोत्सवमा खेलकूद

काठमाडौं, २७ पुस । स्वास्थ्यका लागि खेलकुद भन्ने नाराका साथ नेपाल आयल निगमअन्तर्गतको हवाई इन्धन डिपो, सिनामंगलले आयोजना...

पूर्वमन्त्री, कांग्रेस नेता तथा नेपाल पत्रकार महासंघका पूर्वसभापति होमनाथ दाहालको निधन

काठमाडौं,२५ पुस । पूर्वमन्त्री, नेपाली कांग्रेसका नेता तथा नेपाल पत्रकार महासंघका पूर्वसभापति होमनाथ दाहालको निधन भएको छ ।...