भक्तपुर, १९ पुस । बागमती प्रदेश स्वास्थ्यमन्त्री किरण थापाले सूर्यविनायक नगरपालिका-८, सिपाडोलस्थित बाइटी टिपुली पार्टी सडक स्तरोन्नति योजनाको निरिक्षण गरेका छन् । शुक्रबार योजना निरीक्षण गर्दै थापाले बागमती प्रदेश सरकार र स्थानीय सहकार्यबाट जनजीवन सहज र दिगो पूर्वाधार निर्माणप्रती प्रतिबद्ध रहेकाे बताएका छन्। सोही क्रममा थापाले गुणस्तरीय विकास नै आफ्नो प्राथमिकता रहेको बताएका छन्।
बागमती प्रदेश सरकारबाट रु. १ करोड र सूर्यविनायक नगरपालिकाबाट रु. १ करोड गरी कुल रु. २ करोडको साझेदारी बजेटमा बाइटी टिपुली पार्टी सडक स्तरोन्नति कार्य अघि बढिरहेको छ।
त्यसैगरी, बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री विशेष पहलमा बागमती प्रदेश भौतिक पुर्वाधार विकास मन्त्रालयद्वारा विनियोजित १६ करोड रूपैयाँको लागतमा डोलेश्वर, पार्टिभन्ज्याङ आशापुरी सडक खण्डको स्तरोन्नति भईरहेको छ ।



