सुनको मूल्य एकैदिन २० हजार ५०० रुपैयाँले बढ्यो

Date:

Share post:

Changunarayan Nagarpalika

काठमाडौं, १५ माघ । बिहीबार नेपाली बजारमा सुनको मूल्यले ऐतिहासिक रेकर्ड कायम गरेको छ। सुन प्रतितोला २० हजार ५०० रुपैयाँले बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन २० हजार ५०० रुपैयाँले बढेर प्रतितोला सुनको मूल्य ३ लाख ३९ हजार ३०० कायम भएको छ। बुधबार एक तोला सुनको मूल्य ३ लाख १८ हजार ८०० रुपैयाँ पुगेको थियो।

यस्तै, चाँदीको मूल्यमा पनि भारी वृद्धि भएको छ। तोलामा २०५ रुपैयाँले बढेर रेकर्ड ब्रेक गरेको छ। महासंघका अनुसार चाँदी प्रतितोला ७ हजार ५०५ रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार सोही परिमाणको चाँदी ७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Helio School
Helio School

सम्बन्धित लेखहरू

प्रधानमन्त्रीले नेपालले समेत भारतको जमिन कब्जा गरेको भन्नू गम्भीर राष्ट्रघात : नेकपा

काठमाडौं, १८ जेठ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रतिनिधि सभामा प्रधानमन्त्रीले नेपाल–भारत सीमा सम्बन्धमा व्यक्त गरेको धारणा...

काठमाडौं महानगरको छात्रवृत्ति छनोट परीक्षामा १४ हजार ५७ जना विद्यार्थी उत्तीर्ण 

काठमाडौं, १८ जेठ । काठमाडौं महानगरपालिकाले आइतबार (जेठ १७ गते) लिएको छात्रवृत्ति छनोट परीक्षाबाट १४ हजार ५७ जना...

बजेटको आकार घटाउँदै बागमती प्रदेश सरकार

मकवानपुर, १८ जेठ । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट निर्माणका लागि मन्त्रालयहरुलाई बजेटको सिलिङ...

प्रधानमन्त्री बालेन्द्र शाहको भनाइमा परराष्ट्रको प्रस्टीकरण

काठमाडौं, १८ जेठ । प्रधानमन्त्री बालेन्द्र शाहले आइतबार प्रतिनिधिसभा बैठकमा 'नेपालले पनि भारतको जग्गा मिचेको छ' भनेर दिएको...