हेरिटेज नेपाल न्यूज

नक्कली सुन दिएर ५ लाख ठगी गर्ने गिरोह पक्राउ

Date:

Share post:

Changunarayan Nagarpalika

काठमाडौं, १४ पुस । नक्कली सुन दिएर पाँच लाख ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–५ थलीमा सुनजस्तो देखिने धातुको डल्लो दिएर रकम ठगी गर्ने गिरोहलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाका ४५ वर्षीय सुकुमान सिंह ब्लोन, मकवानपुरकै ४८ वर्षीय राजेन्द्र तामाङ, मकवानपुर बकैया गाउँपालिकाका ५३ वर्षीय वीरबहादुर तामाङ भन्ने विवासित स्याङ्ताङ र नवलपरासीको देवचुलीका ४२ वर्षीय जितबहादुर तामाङ रहेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले नक्कली सुनलाई सक्कली सुन भनी ठगी गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए । प्रहरीले पक्राउ परेका चारै जनालाई ठगी कसुरमा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Rastriya Parichhayapatra
Nepal Oil Neegam

सम्बन्धित लेखहरू

भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा सुरेन्द्र तुबन्जा श्रेष्ठ

भक्तपुर, २८ पुस । भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा सुरेन्द्र तुबन्जा श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । आठौँ...

त्रिशुली किनारमा बालुवामा पुरिएको अवस्थामा बस भेटियो, गत वर्ष बेपत्ता डिलक्स बस भएको आंशका

काठमाडौं, २७ पुस । तनहुँको आँबुखैरहनी गाउँपालिका–५ द्वोन्द्राङ बेँसीस्थित त्रिशूली किनारमा बसको टुक्रा भेटिएको छ । माछा मार्ने...

सुनको मूल्य बढ्यो

काठमाडौं, २७ पुस । स्थानीय बजारमा सुनचाँदीको मूल्यमा निरन्तर उतारचढाव देखिएको छ । पछिल्ला दुई दिनमा सुनको मूल्य...

नेपाल आयल निगमको ५६औँ वार्षिकोत्सवमा खेलकूद

काठमाडौं, २७ पुस । स्वास्थ्यका लागि खेलकुद भन्ने नाराका साथ नेपाल आयल निगमअन्तर्गतको हवाई इन्धन डिपो, सिनामंगलले आयोजना...