जेष्ठ नागरिक : समाजका ऐना र मध्यपुर थिमि नगरपालिकाको जिम्मेवारी

Date:

Share post:

Suryabinayak Nagarpalika

विजयकृष्ण श्रेष्ठ, उपप्रमुख मध्यपुर थिमि नगरपालिका

भक्ततपुर, ११ पुस । जेष्ठ नागरिक समाजका जीवित इतिहास हुन्। उहाँहरूको कपालको रङसँगै पाकेको अनुभव देश र समाजका लागि मार्गदर्शक सिद्ध हुन्छ। जसरी एउटा मजबुत जग बिना घर टिक्न सक्दैन, त्यसरी नै जेष्ठ नागरिकको अनुभव र आर्शिवाद बिना परिवार र समाजले सही दिशा लिन सक्दैन।

धार्मिक, सांस्कृतिक र सामाजिक हरेक दृष्टिकोणबाट जेष्ठ नागरिकको सम्मान गर्नु हाम्रो परम कर्तव्य हो। उहाँहरूलाई सम्मान गर्ने परिवारले मात्र प्रगति र सुख प्राप्त गर्दछ। यही भावनालाई आत्मसात गर्दै मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिकको सम्मान, संरक्षण र स्वास्थ्यलाई आफ्नो प्राथमिकताको केन्द्रमा राखेको छ।
मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिकका क्षेत्रमा गरेका कार्यहरू:
नगरपालिकाले जेष्ठ नागरिकको जीवनलाई सहज, सम्मानित र स्वास्थ्यमैत्री बनाउन निम्न कार्यहरू कार्यान्वयनमा ल्याएको छ: ​घरदैलोमै सामाजिक सुरक्षा भत्ता: विगतमा बैंकमा घण्टौं लाइन बस्नुपर्ने र यातायात खर्च गरेर सकसपूर्ण ढङ्गले भत्ता लिनुपर्ने बाध्यतालाई नगरपालिकाले अन्त्य गरेको छ। हाल वडा र बैंकसँगको समन्वयमा टोल-टोलमै पुगेर भत्ता वितरण गर्ने व्यवस्था मिलाइएको छ।
निःशुल्क स्वास्थ्य बिमा: जेष्ठ नागरिक र उहाँका परिवारका ५ जना सदस्यसम्मको निःशुल्क स्वास्थ्य बिमा नगरपालिकाले गरिदिएको छ। यसले जेष्ठ नागरिक परिवारका लागि बोझ होइनन् भन्ने सन्देश दिँदै स्वास्थ्य उपचारमा सहज पहुँच सुनिश्चित गरेको छ।
​जेष्ठ नागरिक आरोग्य कार्यक्रम: प्रत्येक महिनाको दुई दिन प्रत्येक वडामा चिकित्सक, ल्याब र फार्मेसीसहितको टोली पुगेर स्वास्थ्य परीक्षण गर्ने गरिएको छ। यसमा USG (भिडियो एक्स-रे) र X-ray को समेत सुविधा दिइएको छ, जसबाट अस्पतालसम्म पुग्न नसक्ने अशक्त र अपाङ्गता भएका व्यक्तिहरूले ठूलो राहत पाएका छन्।
भ्रमण तथा सामग्री वितरण: वडागत रूपमा जेष्ठ नागरिकहरूका लागि तीर्थाटन, भ्रमण र आवश्यक दैनिक उपभोग्य तथा सहयोगी सामग्री वितरणका कार्यक्रमहरू नियमित सञ्चालन भइरहेका छन्।

जेष्ठ नागरिक सेवा केन्द्र: एक बहुआयामिक अवधारणा
नगरपालिकाले वडा नं. ४ र ६ मा कलात्मक र सुविधासम्पन्न सेवा केन्द्रहरू निर्माण गरिरहेको छ। वडा नं. ४ इन्द्रायणीमा निर्मित सेवा केन्द्रको यही पुस १३ गते बिहान ११:०० बजे उद्घाटन र स्वास्थ्य परीक्षण कार्यक्रम तय गरिएको छ। जसलाई सबै वडामा विस्तार गर्ने नगरपालिकाको लक्ष्य लिएको छ ।
यी सेवा केन्द्रका थप फाइदाहरू:
​एक्लोपनको अन्त्य: जेष्ठ नागरिकहरूले आफ्ना दौंतरीहरूसँग समय बिताउन, कुराकानी गर्न र अनुभव साटासाट गर्न पाउनेछन्।
आर्थिक सक्रियता: जेष्ठ नागरिकहरू सेवा केन्द्रमा सुरक्षित रहने भएपछि परिवारका अन्य सदस्यहरू ढुक्क भएर आय-आर्जनका काममा लाग्न सक्नेछन्, जसले परिवारको आर्थिक अवस्था मजबुत बनाउँछ।
शारीरिक र मानसिक स्फूर्ति: नियमित साङ्गीतिक कार्यक्रम, भजन-कीर्तन र स्वास्थ्य जाँचले उहाँहरूलाई मानसिक रूपमा प्रसन्न र शारीरिक रूपमा सक्रिय राख्नेछ।
​पुस्तान्तरणको थलो: नयाँ पुस्ताले पुराना अनुभव र सीप सिक्ने अवसर पाउनेछन्, जसले समाजमा ‘सुशान्ति’ र सद्भाव कायम गर्न मद्दत पुग्नेछ।

जेष्ठ नागरिकको सम्मान र व्यवस्थापनमा मध्यपुर थिमि नगरपालिकाले चालेका यी कदमहरू अन्य स्थानीय तहका लागि पनि अनुकरणीय छन्। आउनुहोस्, हामी सबै मिलेर हाम्रा अभिभावकको ओठमा मुस्कान ल्याउन र उहाँहरूको अनुभवलाई समृद्ध नगर निर्माणमा उपयोग गरौँ।

विशेष सूचना: यही पुस १३ गते बिहान ११:०० बजे वडा नं. ४ इन्द्रायणीमा हुन गइरहेको जेष्ठ नागरिक सेवा केन्द्र उद्घाटन तथा स्वास्थ्य परीक्षण कार्यक्रममा सम्पूर्ण नगरवासी र जेष्ठ नागरिकहरूमा उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछौं।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Dengu Awarness
Dengu Awarness
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

काठमाडौंमा पाँच वटा सवारी एक आपसमा ठोक्किँदा १० जना घाइते

काठमाडौं, ०१ साउन । काठमाडौं महानगरपालिका-४ कत्तार भिसा सेन्टरअगाडि सडकखण्डमा भारतीय नम्बर प्लेटको कारसहित पाँच सवारीसाधन एकआपसमा ठोक्किँदा...

भक्तपुरमा एक वर्षमै ४२ अर्ब २३ करोड खर्च

भक्तपुर, ०१ असार । गत आर्थिक वर्ष २०८२ /०८३ मा भक्तपुर जिल्लामा चालु र पूँजीगत गरी ४२ अर्ब...

बागमती प्रदेश अन्तर्गतका एघार प्रादेशिक अस्पतालमा डायलाइसिस सेवा: स्वास्थ्यमन्त्री किरण थापा

मकवानपुर, ०१ साउन । बागमती प्रदेश सरकारले प्रदेशका १३ प्रादेशिक अस्पतालमध्ये काठमाडौँ र ललितपुरबाहेक ११ वटा प्रादेशिक अस्पतालबाट...

जिल्ला अदालतले माग्यो दीपक भट्ट र सुलभ अग्रवालसँग धरौटी

काठमाडौं, ०१ साउन । जिल्ला अदालत काठमाडौंले धितोपत्र तथा बिमासम्बन्धी कसुरमा विवादास्पद व्यवसायी दीपक भट्ट र व्यापारी सुलभ...