हेरिटेज नेपाल न्यूज

नक्कली शाखा अधिकृत पक्राउ

Date:

Share post:

Changunarayan Nagarpalika

काठमाडौं, ९ पुस । आफूलाई शाखा अधिकृत बताउने नक्कली कर्मचारी पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार लोकसेवा आयोगको कार्यालयबाट शाखा अधिकृत पदमा नियुक्त पत्र प्राप्त गरेको नक्कली कागजात तयार गरी सरकारी कर्मचारीले लगाउने पोशाक समेत लगाई प्राप्त नगरेको ओहदाको परिचय देखाई फाईदा लनि खोज्ने ललितपुर महानगर-१५ थसिखेल घरभई काठमाडौं महानगर-२२ झोछे बस्ने २३ वर्षीय समन श्रेष्ठ सोमबार पक्राउ परेका हुन् ।

उनले सिंहदरबार लगायत अन्य सरकारी निकायमा गई नभएको ओहदा तथा परिचय दिने गरेको, आफै उपस्थित भएर वा फोनबाट सरकारी कर्मचारी भएको परिचय दिई सर्वसाधारणलाई प्रभावमा पार्ने गरेको, आर्थिकलाभ लिई विभिन्न व्यक्तिहरुलाई जागिर लगाईदिन्छु भनी झुक्यानमा पार्ने गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी काजी कुमार आचार्यले जानकारी दिए । उनको साथबाट प्रहरीले बागमती प्रदेश लोक सेवा आयोगको कार्यालयबाट शाखा अधिकृत पदमा नियुक्त गरेको नियुक्ति पत्र, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट अधिकृत पदमा नियुक्त पुष्ट‌ि सम्बन्धी पत्र, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट जारी गरिएको परिचय पत्र, अर्थ मन्त्रालयबाट तलब भुक्तानी सम्बन्धीको पत्र, लगायत बरामत गरेको छ ।

उनी विरुद्ध सरकारी छाप तथा लिखित सम्बन्धी कसूरमा थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर पठाएको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Rastriya Parichhayapatra
Nepal Oil Neegam

सम्बन्धित लेखहरू

भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा सुरेन्द्र तुबन्जा श्रेष्ठ

भक्तपुर, २८ पुस । भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा सुरेन्द्र तुबन्जा श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । आठौँ...

त्रिशुली किनारमा बालुवामा पुरिएको अवस्थामा बस भेटियो, गत वर्ष बेपत्ता डिलक्स बस भएको आंशका

काठमाडौं, २७ पुस । तनहुँको आँबुखैरहनी गाउँपालिका–५ द्वोन्द्राङ बेँसीस्थित त्रिशूली किनारमा बसको टुक्रा भेटिएको छ । माछा मार्ने...

सुनको मूल्य बढ्यो

काठमाडौं, २७ पुस । स्थानीय बजारमा सुनचाँदीको मूल्यमा निरन्तर उतारचढाव देखिएको छ । पछिल्ला दुई दिनमा सुनको मूल्य...

नेपाल आयल निगमको ५६औँ वार्षिकोत्सवमा खेलकूद

काठमाडौं, २७ पुस । स्वास्थ्यका लागि खेलकुद भन्ने नाराका साथ नेपाल आयल निगमअन्तर्गतको हवाई इन्धन डिपो, सिनामंगलले आयोजना...