हेरिटेज नेपाल न्यूज

भक्तपुरमा १३ औं घरेलु उत्पादन प्रवर्द्धन मेला

Date:

Share post:

Changunarayan Nagarpalika

भक्तपुर, ३ पुस । भक्तपुरमा घरेलु उत्पादन मेला सुरु भएको छ। भक्तपुर घरेलु तथा साना उद्योग संघको आयोजनामा उद्योग वाणिज्य कार्यालय र गो लोकलको सहकार्यमा भक्तपुरको संस्कृति संरक्षण तथा पर्यटन प्रवर्द्धनका लागि भन्दै ३ दिने मेला बिहीबारदेखि सुरु भएको छ। नःपुखु परिसरमा सञ्चालित तीन दिने घरेलु उत्पादन मेलाको उद्घाटन भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले गरे। कार्यक्रममा बोल्दै उनले घरेलु उद्योगहरुले देशका धेरै युवाहरुलाई रोजगारी प्रदान गरिरहेको बताउँदै हाम्रा उत्पादनहरु विश्व बजारमा पुर्याउन संघ र प्रदेश सरकारले सहयोग गर्नुपर्ने बताए। भक्तपुर धेरै घरेलु उत्पादन हुने ठाउँ हो भन्दै उनले भक्तपुरमा ससाना मेला तथा उत्सवहरु समय समयमा भइरहको बताए ।
भक्तपुरको घरेलु उत्पादनको प्रयोग र खरिदमा जनतालाई उत्साहित गर्दै आएको बताउँदै उनले नगरपालिकाले युवा लक्षित सीपमूलक तालिम सञ्चालन र युवा उद्यमशील ऋणको व्यवस्था गर्दै आएको बताएका छन्। उनले घरेलु उद्योगहरुलाई सक्दो सहज ऋणको व्यवस्था गर्नु उपयुक्त हुने बताए ।
भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले तीन दिने घरेलु मेला सफलताको शुभकामना दिँदै घरेलु उद्योगले स्थानीय उत्पादन प्रवर्द्धन गर्नुका साथै देशको आर्थिक विकासमा पनि महत्वपूर्ण भूमिका खेलेको बताए। नेपाल घरेलु तथा साना उद्योग महासंघका उपाध्यक्ष चन्दनकृष्ण श्रेष्ठले उद्यमीहरुको उद्यम प्रवर्द्धनमा उद्यमीहरु नै संगठित हुनुपर्ने बताउँदै स्थानीय सरकारको साथ र सहयोगले मात्र भक्तपुर घरेलु उद्योगहरु सञ्चालनमा सहजता मिल्ने बताए ।
उक्त कार्यक्रममा उद्योग तथा वाणिज्य कार्यालयका कार्यालय प्रमुखु रामप्रसाद कुस्मा, गो लोकका संयोजक विरेन्द्र जति, पत्रकार महासंघ भक्तपुरका अध्यक्ष सुन्दर शिल्पकार, महिला उद्यमी समितिका अध्यक्ष कमलश्वरी खर्बुजाले बताएका छन्। मेलामा जुजु धौ, भादगाउँले टोपी, ख्वप बजी, घरबुना कपडा, काष्ठकला, हस्तकला, धातुकला, प्रस्तर कला, प्रस्तर कला, माटाका भाडाहरु, कृषि उत्पादनहरु, तोरीको तेल, नेपाली अचार, पाउँका प्रकारहरु, नर्सरी तथा अन्य थुप्रै घरेलु उत्पादनहरुका साथै नेवारी खाजाका परिवार र च्याउका परिकारहरु राखिएको आयोजकले जनाएको छ ।
मेला पुस ३, ४ र ५ चैत बिहान १० बजेदेखि साँझ ६ बजेसम्म नःपुखु परिसरमा गरिने र प्रवेश शुल्क निःशुल्क गरिएको आयोजकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Rastriya Parichhayapatra
Nepal Oil Neegam

सम्बन्धित लेखहरू

त्रिशुली किनारमा बालुवामा पुरिएको अवस्थामा बस भेटियो, गत वर्ष बेपत्ता डिलक्स बस भएको आंशका

काठमाडौं, २७ पुस । तनहुँको आँबुखैरहनी गाउँपालिका–५ द्वोन्द्राङ बेँसीस्थित त्रिशूली किनारमा बसको टुक्रा भेटिएको छ । माछा मार्ने...

सुनको मूल्य बढ्यो

काठमाडौं, २७ पुस । स्थानीय बजारमा सुनचाँदीको मूल्यमा निरन्तर उतारचढाव देखिएको छ । पछिल्ला दुई दिनमा सुनको मूल्य...

नेपाल आयल निगमको ५६औँ वार्षिकोत्सवमा खेलकूद

काठमाडौं, २७ पुस । स्वास्थ्यका लागि खेलकुद भन्ने नाराका साथ नेपाल आयल निगमअन्तर्गतको हवाई इन्धन डिपो, सिनामंगलले आयोजना...

पूर्वमन्त्री, कांग्रेस नेता तथा नेपाल पत्रकार महासंघका पूर्वसभापति होमनाथ दाहालको निधन

काठमाडौं,२५ पुस । पूर्वमन्त्री, नेपाली कांग्रेसका नेता तथा नेपाल पत्रकार महासंघका पूर्वसभापति होमनाथ दाहालको निधन भएको छ ।...