हेरिटेज नेपाल न्यूज

बोरामा बाँधिएकाे अवस्थामा इनारमा शव फेला

Date:

Share post:

Changunarayan Nagarpalika

काठमाडौं, ३ पुस । ललितपुरमा एक जना युवकको शव इनारभित्र बोरामा बाँधिएको अवस्थामा फेला परेको छ। बुधबार अपराह्न महालक्ष्मी नगरपालिका-८ लुभूको विषुण्डोल जाने बाटोनजिकै रहेको एक इनारभित्र युवकको शव फेला परेको हो।
हत्या गरी बोरामा राखेर इनारभित्र शव फालिएको अवस्थामा फेला परेको र नजिकै तरकारी खेती गर्नेहरूले बोरा देखेपछि प्रहरीलाई खबर गरेकाे ललितपुर प्रहरी प्रवक्ता एसपी चक्रराज जोशीले जानकारी दिए । अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर ललितपुर र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली खटिएको थियो।

  • उक्त शवको पहिचान खुलिसकेको थिएन। बिहीबार बिहान अनुसन्धानको क्रममा शवको सनाखत भएको जोशीले जानकारी दिए। मृतक सिन्धुलीका २५ वर्षीय केशवराज हायु हुन्। उनी मंसिर २० गतेदेखि सम्पर्कबिहीन थिए। ‘कर्तव्य गरी पछि बोरामा हालेर इनारभित्र फ्याँकिएको अवस्थामा शव फेला परेको छ,  यसबारे अनुसन्धान भईरहेको छ,’ उनले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Rastriya Parichhayapatra
Nepal Oil Neegam

सम्बन्धित लेखहरू

त्रिशुली किनारमा बालुवामा पुरिएको अवस्थामा बस भेटियो, गत वर्ष बेपत्ता डिलक्स बस भएको आंशका

काठमाडौं, २७ पुस । तनहुँको आँबुखैरहनी गाउँपालिका–५ द्वोन्द्राङ बेँसीस्थित त्रिशूली किनारमा बसको टुक्रा भेटिएको छ । माछा मार्ने...

सुनको मूल्य बढ्यो

काठमाडौं, २७ पुस । स्थानीय बजारमा सुनचाँदीको मूल्यमा निरन्तर उतारचढाव देखिएको छ । पछिल्ला दुई दिनमा सुनको मूल्य...

नेपाल आयल निगमको ५६औँ वार्षिकोत्सवमा खेलकूद

काठमाडौं, २७ पुस । स्वास्थ्यका लागि खेलकुद भन्ने नाराका साथ नेपाल आयल निगमअन्तर्गतको हवाई इन्धन डिपो, सिनामंगलले आयोजना...

पूर्वमन्त्री, कांग्रेस नेता तथा नेपाल पत्रकार महासंघका पूर्वसभापति होमनाथ दाहालको निधन

काठमाडौं,२५ पुस । पूर्वमन्त्री, नेपाली कांग्रेसका नेता तथा नेपाल पत्रकार महासंघका पूर्वसभापति होमनाथ दाहालको निधन भएको छ ।...