हेरिटेज नेपाल न्यूज

भन्सार छलि ल्याएका १४ लाख रूपैयाँ भन्दाबढी रकम बराबरको सामान सहित पक्राउ

Date:

Share post:

Changunarayan Nagarpalika

काठमाडौं, १६ पुस । प्रहरीले भन्सार छलि ल्याएका १४ लाख रूपैयाँ भन्दाबढी रकम बराबरको सामान सहित एक जनालाई पक्राउ गरेको छ । बुधबार बिहान धनगढीबाट काठमाडौंतर्फ आउँदै गरेको ना ८ ख ८४९५ नम्बरको बसको डिक्की भित्रबाट भन्सार छलि ल्याएकाे २८ बोरा मोबाइलको पार्टस (टेम्पर ग्लास) सहित बस चालक पक्राउ परेका हुन् ।

काठमाडौं प्रहरी प्रवक्ता एसपी पवन कुमार भट्टराईका अनुसार पक्राउ पर्नेमा कञ्चनपुर, बेलौरी नगरपालिका-६ का २५ वर्षीय महेश चौधरी छन् । प्रहरी बिट बाफलबाट खटिएको प्रहरी टोलीले काठमाडौं नागार्जुन नगरपालिका-४ स्थित बाफलबाट उक्त बसको डिक्की भित्रबाट २८ बोरा मोबाइलको पार्टस बरामद गरेको छ । जसमध्ये, २७ बोरामा १५०० पिस टेम्पर ग्लास, ४०५०० पिस रुपैयाँ ३५ (१ पिसको अन्दाजी मूल्य) जम्मा रु.१४ लाख १७ हजार ५ सय र १ बोरामा १०० पिस यएरवर्डस्, १ पिसको अन्दाजी मूल्य ८ सय रूपैयाँको दरले ८० हजार रूपैयाँ  गरि १४ लाख ९७ हजार ५ सय रूपैयाँ बराबरको सामान बरामद गरेको जनाएको छ । प्रहरीले सामान सहित बस चालकलाई थप अनुसन्धानका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर बुझाइएको जनाएको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Rastriya Parichhayapatra
Nepal Oil Neegam

सम्बन्धित लेखहरू

त्रिशुली किनारमा बालुवामा पुरिएको अवस्थामा बस भेटियो, गत वर्ष बेपत्ता डिलक्स बस भएको आंशका

काठमाडौं, २७ पुस । तनहुँको आँबुखैरहनी गाउँपालिका–५ द्वोन्द्राङ बेँसीस्थित त्रिशूली किनारमा बसको टुक्रा भेटिएको छ । माछा मार्ने...

सुनको मूल्य बढ्यो

काठमाडौं, २७ पुस । स्थानीय बजारमा सुनचाँदीको मूल्यमा निरन्तर उतारचढाव देखिएको छ । पछिल्ला दुई दिनमा सुनको मूल्य...

नेपाल आयल निगमको ५६औँ वार्षिकोत्सवमा खेलकूद

काठमाडौं, २७ पुस । स्वास्थ्यका लागि खेलकुद भन्ने नाराका साथ नेपाल आयल निगमअन्तर्गतको हवाई इन्धन डिपो, सिनामंगलले आयोजना...

पूर्वमन्त्री, कांग्रेस नेता तथा नेपाल पत्रकार महासंघका पूर्वसभापति होमनाथ दाहालको निधन

काठमाडौं,२५ पुस । पूर्वमन्त्री, नेपाली कांग्रेसका नेता तथा नेपाल पत्रकार महासंघका पूर्वसभापति होमनाथ दाहालको निधन भएको छ ।...