हेरिटेज नेपाल न्यूज

स्वास्थ्य मन्त्रालयको स्पष्टीकरण: ‘डिजिटल पार्क’ स्थान अझै तोकिएको छैन

Date:

Share post:

Changunarayan Nagarpalika

हेटौंडा, १९ मंसिर । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले ‘डिजिटल पार्क’ को स्थान तोकी नसकिएको बारे स्पष्ट पारेको छ । केही संचारमाध्यमले ‘बागमती प्रदेशमा नीतिगत भ्रष्टाचार, स्वास्थ्यमन्त्री थापाको लगानीको निजी कम्पनीलाई २५ लाख सरकारी अनुदान’ शिर्षकमा प्रकाशित समाचारप्रति बागमती प्रदेश स्वास्थ्य मन्त्रालयको गम्भिर ध्यानाकर्षण भएको भन्दै उक्त विषय प्रती स्पष्ट पारेको हो ।

मन्त्रालयले बिहिवार एक बिज्ञप्ती जारी गर्दै बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले २०८२ साउन १२ मा आर्थिक वर्ष २०८२-०८३ का लागि स्वीकृत ‘वार्षिक कार्यक्रम कार्यान्वयन मार्गदर्शन’ मा ‘सूर्यविनायक नगरपालिका-१० स्थित स्वास्थ्य मन्त्री किरण थापा मगरको शेयर लगानी रहेको काठमाडौं फन भ्याली वा किशोर किशोरीहरूको जमघट हुने अन्य उपयुक्त स्थानमा ‘एडल्सेन्ट डिजिटल पार्क स्थापना गर्न’ २५ लाख अनुदान राखेको भन्ने समाचारमा सत्यता नभएको बताएको छ ।
“बागमती प्रदेश सरकारले नमूनाको काम गर्ने अभियान अन्तर्गत चालू आर्थिक वर्षमा सुरु गर्ने गरि विशेष अनुदान कार्यक्रम अन्तर्गत उक्त शिर्षकमा २५ लाख बजेट राखे पनि फन पार्क जस्तै किशोर किशोरी जमघट हुने हेटौडा वा भक्तपुर वा हेटौडाको कुनै एक स्थानीय तहको पार्कमा सम्बन्धित पालिकाको समन्वय एवं साझेदारीमा उक्त कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको जानकारी गराउँदछौं ।” सूचना अधिकारीद्वारा जारी बिज्ञप्तीमा भनीएको छ ।
डिजिटल पार्कको अवधारणा तथा कार्यान्वयनको ढाँचा तयार गर्ने, नगरपालिका तथा संघ संस्थासँग नियमानुसार साझेदारीमा संचालन गर्ने गरी उपयुक्त स्थान छनौट गर्ने भन्ने संसोधन गरि कार्यन्वयन गर्ने निर्णय गरेको अवस्थामा अनुदान सम्बन्धी विवरण मन्त्रालयको वार्षिक कार्यक्रम कार्यान्वयन मार्गदर्शनमा देखिएको ‘सूर्यविनायक-१० स्थित काठमाडौं फन भ्याली वा अन्य उपयुक्त स्थानमा एडल्सेन्ट डिजिटल पार्क स्थापना गर्ने’ शब्द भूलवस प्रिन्ट भएकोले उक्त त्रुटिलाई मन्त्रालयले समयमै सच्याईसकेको र कार्यक्रम कार्यन्वयन गर्ने निकाय स्वास्थ्य निर्देशनालयलाई समेत जानकारी गराइसकेको मन्त्रालयको भनाइ छ ।
“बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले कार्यक्रम संचालन र बजेट वितरणमा कानुन, नियम र पारदर्शिता अनुसार मात्र निर्णय गर्ने समेत स्पष्ट पार्न चाहन्छौं ।” विज्ञप्तीमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Rastriya Parichhayapatra
Rastriya Parichhayapatra
Nepal Oil Neegam

सम्बन्धित लेखहरू

आज खण्डग्रास चन्द्रग्रहण

काठमाडौं, १८ फागुन । फागुन शुक्ल पूर्णिमाका दिन मंगलबार बेलुकी ग्रस्तोदित खण्डग्रास (उदाउँदै ग्रहणले करिब आधा भाग ढाकिने)...

होली पर्व मनाइँदै

काठमाडौँ, १८ फागुन ।  फागुपूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङग र...

‘बालेनमाथि गोली प्रहार’ भन्दै भ्रम फैलाउने युवक पक्राउ

काठमाडौं, १७ फागुन । 'झापामा बालेन शाह माथि गोली प्रहार’ भन्दै भ्रामक सूचना फैलाएको आरोपमा एक जना पक्राउ...

पेस्तोलसहित लागूऔषध एम्फेटामाईन कारोबारी २ जना पक्राउ

काठमाडौं, १७ फागुन । प्रहरीले पेस्तोलसहित लागूऔषध एम्फेटामाईन कारोबारी २ जना पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्युरोको...