हेरिटेज नेपाल न्यूज

चिनियाँ प्रतिनिधि मण्डलद्वारा भक्तपुर अध्ययन भ्रमण

Date:

Share post:

Changunarayan Nagarpalika

भक्तपुर, २० कार्तिक । भक्तपुर नगरपालिकाका कार्यबाहक प्रमुख रजनी जोशीसँग जनवादी गणतन्त्र चीनको इष्ट चाइना युनिभर्सिटी अफ टेक्नोलोजी र छिङहाई मिन्चु युनिभर्सिटीको प्रतिनिधि मण्डलले भनपा सभाकक्षमा भेट गरेका छन् । भेटमा कार्यबहाकप्रमुख जोशीले भक्तपुर नगरपालिकाको इतिहास, भूगोल, संस्कृति, सम्पदा र वर्तमान राजनीतिबारे जानकारी गराउँदै भनपामा नेपाल मजदुर किसान पार्टीका सबै जनप्रतिनिधिहरु निर्वाचित भएको र भनपाले शिक्षा, स्वास्थ्य, सरसफाइ र सम्पदा संरक्षणमा गर्दै आइरहेको बताएकी छन् ।
उनले भक्तपुर नगरपाकिाले शिशु स्याहारदेखि ७ वटा कलेजहरु संचालन गरिरहेको, ख्वप अस्पताल संचालन गरी नगरबासीहरुलाई सेवा प्रदान गरिरहेको जानकारी दिएकि छन् । साथै नगरपालिकाले नगरभित्रका ९२ वटा विद्यालयहरुमा स्थानीय पाठुयक्रम लागू गरी स्थानीय भाषा, साहित्य, संस्कृति, संस्कार, नाचगान, जात्रा पर्व, खाद्य परिकारबारे नयाँ पुस्ताका विद्यार्थीहरुलाई शिक्षा प्रदान गर्दै आएको उनले बताइन्। ऐतिहासिक, साँस्कृति र पुरातात्विक सम्पदाहरु परम्परागत सीप र मौलिक निर्माण सामग्री प्रयोग गर्दै स्थानीय जनशक्ति परिचालन गरी सम्पदा संरक्षण गरिरहेको बताउँदै उनले २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त सम्पदाहरु नगरपालिकाले आफ्नै स्रोत र साधन प्रयोग गरी संरक्षण गर्दै आएको बताइन् । चीन सरकारले नेपाल र भक्तपुर नगरपालिकामा विपद् र संकटको बेलामा गरेको सहयोग र साथलाई स्मरण गर्दै यस्तो आदान प्रदान र सहकार्यले दुई देशबीचको आपसी सम्बन्ध अझ थप घनिष्ठ हुँदै गएको विचार व्यक्त गरिन्।
भेटमा चिनियाँ प्रतिनिधि मण्डलका तर्फबाट इष्ट चाइना इण्डिया युनिभर्सिटी अफ टेक्नोलोजीका उपनिर्देशक सेन योङले चिनियाँ भाषाको बढी प्रचलनले दुई देशबीचको सम्बन्ध जनस्तरसम्म विस्तार गर्न मद्दत पुग्ने विचार व्यक्त गर्दै कन्फ्युसस् इन्स्टिच्यूटले यसको लािग महत्वपूर्ण भूमिका खेल्नेमा विश्वास व्यक्त गरे ।
त्यसैगरी छिङहाई मिन्सु युनिभर्सिटीका निर्देशक झाङ झिङनियानले छिङहाई प्रान्तको परिचय दिनु हुँदै छिङहाई मिन्चु विश्वविद्यालयबारे जानकारी गराए। उनले विश्वविद्यालयले निकट भविष्यमै ख्वप सर्कलसँग सहकार्य हुने आशा व्यक्त गरे ।
भनपा वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्व, भनपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवां, भनपा वडा नं. ५ का वडाध्यक्ष योेगेन्द्रमान विजुक्छेँ, कार्यपालिका सदस्य कृष्णप्यारी भुजू, प्रमुख प्रशासकीय अधिकृत बसन्त भट्टराई, प्रशासकीय अधिकृत दामोदर सुवालसमेतको उपस्थिति रहेको उक्त भेटमा ख्वप मोडल, केरुङ ल्हासा रेलमार्ग र चिनियाँ भाषा प्रशिक्षण विस्तारबारे छलफल भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Rastriya Parichhayapatra
Nepal Oil Neegam

सम्बन्धित लेखहरू

भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा सुरेन्द्र तुबन्जा श्रेष्ठ

भक्तपुर, २८ पुस । भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा सुरेन्द्र तुबन्जा श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । आठौँ...

त्रिशुली किनारमा बालुवामा पुरिएको अवस्थामा बस भेटियो, गत वर्ष बेपत्ता डिलक्स बस भएको आंशका

काठमाडौं, २७ पुस । तनहुँको आँबुखैरहनी गाउँपालिका–५ द्वोन्द्राङ बेँसीस्थित त्रिशूली किनारमा बसको टुक्रा भेटिएको छ । माछा मार्ने...

सुनको मूल्य बढ्यो

काठमाडौं, २७ पुस । स्थानीय बजारमा सुनचाँदीको मूल्यमा निरन्तर उतारचढाव देखिएको छ । पछिल्ला दुई दिनमा सुनको मूल्य...

नेपाल आयल निगमको ५६औँ वार्षिकोत्सवमा खेलकूद

काठमाडौं, २७ पुस । स्वास्थ्यका लागि खेलकुद भन्ने नाराका साथ नेपाल आयल निगमअन्तर्गतको हवाई इन्धन डिपो, सिनामंगलले आयोजना...