हेरिटेज नेपाल न्यूज

ठमेलमा पर्यटकहरुलाई अनावश्यक हैरानी दिने, लुटपाट गर्ने जस्ता कार्यमा संलग्न १३ पक्राउ

Date:

Share post:

Changunarayan Nagarpalika

काठमाडौं, १० मंसिर । प्रहरीले ठमेलबाट पर्यटकहरूलाई अनावश्यक दुःख दिने १३ जनालाई पक्राउ गरेको छ। जिल्‍ला प्रहरी परिसर काठमाडौ‌ंका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार ठमेल क्षेत्रमा स्वदेशी तथा विदेशी पर्यटकहरूलाई अनावश्यक हैरानी दिने, लुटपाट गर्ने, जबरजस्ती यौन जन्य क्रियाकलापमा संलग्न गराउने गुनासो प्रहरीकोमा आएको थियो।
सोही क्रममा अनुगमनमा जाँदा बुधबार अनुगमनमा खटिएका व्यक्तिहरू उपर नै हातपात तथा गाली गलौज गरी अभद्र व्यवहार समेत गरेको भेटिएको थियो। त्यसपछि उनीहरूलाई पक्राउ गरिएको उनले बताए।
पक्राउ पर्नेहरूमा काभ्रेपलान्चोकका २६ वर्षीय बादल तामाङ, २२ वर्षीय संजय लामा, बाजुराका २२ वर्षीय गणेश नाथ, तनहुँका २४ वर्षीय बिशाल थापा मगर, सिन्धुलीका २० वर्षीय गणेश तामाङ, सर्लाहीका १९ वर्षीय सागर मगर,  सुनसरीका २२ वर्षीय रमेश क्षेत्री र दोलखाका १९ वर्षीय बिशाल नेपाली छन्।
यस्तै रामेछापका २१ वर्षीय मिलन नेपाली, गोरखाका २२ वर्षीय बिवश खनखवास, बाँकेका २३ वर्षीय अभिषेक थापा, दाङका २० वर्षीया प्रतिमा डाँगी र २१ वर्षीया प्रमिला पुन मगर पक्राउ परेका छन्।
उनीहरूमाथि अभद्र व्यवहार गर्न नहुने कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट चार दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जनाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Rastriya Parichhayapatra
Rastriya Parichhayapatra
Nepal Oil Neegam

सम्बन्धित लेखहरू

आज खण्डग्रास चन्द्रग्रहण

काठमाडौं, १८ फागुन । फागुन शुक्ल पूर्णिमाका दिन मंगलबार बेलुकी ग्रस्तोदित खण्डग्रास (उदाउँदै ग्रहणले करिब आधा भाग ढाकिने)...

होली पर्व मनाइँदै

काठमाडौँ, १८ फागुन ।  फागुपूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङग र...

‘बालेनमाथि गोली प्रहार’ भन्दै भ्रम फैलाउने युवक पक्राउ

काठमाडौं, १७ फागुन । 'झापामा बालेन शाह माथि गोली प्रहार’ भन्दै भ्रामक सूचना फैलाएको आरोपमा एक जना पक्राउ...

पेस्तोलसहित लागूऔषध एम्फेटामाईन कारोबारी २ जना पक्राउ

काठमाडौं, १७ फागुन । प्रहरीले पेस्तोलसहित लागूऔषध एम्फेटामाईन कारोबारी २ जना पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्युरोको...