हेरिटेज नेपाल न्यूज

कांग्रेस महासमिति सदस्य एवं बागमती प्रदेशसभाकी पूर्व सदस्य तथा बागमती प्रदेशकी पूर्व राज्यमन्त्री रजनी जोन्छेँको निधन

Date:

Share post:

Changunarayan Nagarpalika

भक्तपुर, १८ कार्तिक । कांग्रेस महासमिति सदस्य एवं बागमती प्रदेशसभाकी पूर्व सदस्य तथा बागमती प्रदेशकी पूर्व राज्यमन्त्री रजनी जोन्छेँको निधन भएको छ ।
सहिद राधेश्याम जोन्छेँकी पत्नीसमेत रहेकी रजनीको मध्यपुर अस्पतालमा क्यान्सर रोगको उपचारका क्रममा मङ्गलबार बिहान निधन भएको कांग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले जानकारी दिए ।
मङ्गलबार बिहान १० बजेसम्म उनको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्नका लागि स्वर्गीय जोन्छेँले स्थापना गरेको सहिद राधेश्याम जोन्छेँ स्मृति प्रतिष्ठान, कटुञ्जेमा राखिएको थियो । जोन्छेँ प्रतिष्ठानकी अध्यक्षसमेत थिइन् ।
जोन्छेँको पार्थिव शरीरमा कांग्रेसका केन्द्रीय नेता विमलेन्द्र निधि, प्रकाशशरण महत, भक्तपुरका सभापति दुर्लभ थापालगायतले झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए । उनको मङ्गलबार भक्तपुरको हनुमानघाटमा अन्त्येष्टि गरिने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Rastriya Parichhayapatra
Nepal Oil Neegam

सम्बन्धित लेखहरू

भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा सुरेन्द्र तुबन्जा श्रेष्ठ

भक्तपुर, २८ पुस । भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा सुरेन्द्र तुबन्जा श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । आठौँ...

त्रिशुली किनारमा बालुवामा पुरिएको अवस्थामा बस भेटियो, गत वर्ष बेपत्ता डिलक्स बस भएको आंशका

काठमाडौं, २७ पुस । तनहुँको आँबुखैरहनी गाउँपालिका–५ द्वोन्द्राङ बेँसीस्थित त्रिशूली किनारमा बसको टुक्रा भेटिएको छ । माछा मार्ने...

सुनको मूल्य बढ्यो

काठमाडौं, २७ पुस । स्थानीय बजारमा सुनचाँदीको मूल्यमा निरन्तर उतारचढाव देखिएको छ । पछिल्ला दुई दिनमा सुनको मूल्य...

नेपाल आयल निगमको ५६औँ वार्षिकोत्सवमा खेलकूद

काठमाडौं, २७ पुस । स्वास्थ्यका लागि खेलकुद भन्ने नाराका साथ नेपाल आयल निगमअन्तर्गतको हवाई इन्धन डिपो, सिनामंगलले आयोजना...