हेरिटेज नेपाल न्यूज

धनगढीको आयल निगम डिपो सार्न १५ दिने अल्टिमेटम

Date:

Share post:

धनगढी, २५ कार्तिक । धनगढी उपमहानगरपालिका-३ चटकपुरस्थित नेपाल आयल निगमको सुदूरपश्चिम प्रादेशिक डिपो नजिकका स्थानीयवासीले १५ दिने अल्टिमेटमसहित डिपो स्थानान्तरणको माग गरेका छन् । शुभकामना टोल विकास संस्थाले आइतबार (मिति २०८२ मंसिर २३ गते) निगमलाई ज्ञापनपत्र बुझाउँदै घनाबस्तीबीच रहेको डिपोका कारण स्थानीयको ज्यान र सम्पत्तिमा ठूलो जोखिम रहेको बताएका हुन् ।

संस्थाका अध्यक्ष दीर्घराज ओझाले बुझाएको ज्ञापनपत्रमा टोलमा ८७ घरधुरी र करिब ५०३ जनसंख्या रहेको उल्लेख गर्दै डिपोको नजिक बसोबास गर्ने बासिन्दा निरन्तर त्रासमा रहेको जनाइएको छ । बस्ती र डिपोबीचको दूरी अत्यन्त कम भएकाले सानो दुर्घटनाले पनि ठूलो क्षति निम्त्याउने सम्भावना रहेको भन्दै उनीहरूले तत्काल डिपोलाई अन्यत्र स्थानान्तरण गर्न आग्रह गरेका छन् ।

ज्ञापनपत्रमा भनिएको छ, “यदि हाम्रो जायज माग सम्बोधन नभएमा १५ दिनपछि सम्पूर्ण टोलवासी र प्रत्यक्ष असर पर्ने व्यवसायीहरू सहित चरणबद्ध आन्दोलनमा जानेछौं ।” उनीहरूले निगमलाई बुझाएको ज्ञापनपत्रको प्रतिलिपि जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, धनगढी उपमहानगरपालिका र वडा नं. ३ कार्यालयलाई समेत पठाइएको छ । स्थानीयवासीका अनुसार डिपो वरपरको क्षेत्र विगतमा खाली जमिन भए पनि अहिले तीव्र शहरीकरण हुँदै गएपछि बस्ती डिपोसम्म फैलिएको छ । आगलागी वा अन्य दुर्घटनाको जोखिम उच्च भएको भन्दै उनीहरूले पटक–पटक सरोकारवालाको ध्यानाकर्षण गराउँदै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

सम्बन्धित लेखहरू

प्रभु म्यानेजमेन्टका सहायक लेखा प्रमुख महाजु पक्राउ

काठमाडौं, ४ मंसीर। प्रभु म्यानेजमेन्टका सहायक लेखा प्रमुख हेमकुमार महाजु पक्राउ परेका छन्। हुण्डी कारोबारमा संलग्न भएको आरोपमा...

चोरी भएका ५१ मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण

काठमाडौं, ४ मंसीर । काठमाडौं उपत्यकाका विभिन्न स्थान र समयमा चोरी भएका ५१ वटा दुई पाङ्ग्रे सवारी साधन...

स्वास्थ्य क्षेत्र सुधारका लागि बागमती प्रदेशको १३ बुँदे प्रतिबद्धता पत्र

हेटौंडा, ४ मंसीर । बागमती प्रदेश सरकारले स्वास्थ्य क्षेत्रको सुधारका लागि १३ बुँदे प्रतिबद्धता पत्र जारी गरेको छ...

सहिद धर्मभक्त अंग प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशकमा डा. श्रेष्ठ नियुक्त

काठमाडौ, ३ मंसीर । सहीद धर्मभक्त मानवअंग प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशक पदमा डा.कल्पना कुमारी श्रेष्ठलाई नियुक्त गर्ने निर्णय...