हेरिटेज नेपाल न्यूज

भक्तपुरमा ५ गते भाई टिका

Date:

Share post:

Changunarayan Nagarpalika

भक्तपुर, ३ कार्तिक । भक्तपुर नगरपालिकामा यस वर्षको किजा पूजा (भाई टीका) कार्तिक ५ गते नै मनाइने भएको छ। भक्तपुर तलेजुका पुजारीहरु तथा ज्योतिषहरु डा वीरेन्द्रप्रसाद कायष्थ र केदारप्रसाद दैवज्ञ जोशी सहितको उपस्थितिमा बसेको बैठकले नेपाल पञ्चांग निर्णायक विकास समितिले तोकिएको मिति भन्दा फरक तिहार मनाउने मिति निर्धारण गरिएको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतले बताए ।
भक्तपुरमा तलेजु भवानी मन्दिरका पुजारी र ज्योतिषले दिएको साइतलाई आधार मानेर चाडपर्व मनाउने गरिएको छ। तर यसवर्ष नेपाल पञ्चांग निर्णायक विकास समितिले भने कार्तिक ६ गते भाईटीकाको साइत दिएको छ।
भक्तपुरमा यस वर्षको तिहार (आइतबार) काग तिहार , सोमबार लक्ष्मीपूजा, कार्तिक ४ गते म्हा : पूजा र कार्तिक ५ गते किजा पूजा मनाउन आग्रह गरिएको नगप्रमुख प्रजापतिले बताए ।
उक्त बैठकले तलेजुका पुजारीहरूको सुझाव र तिथिअनुसार २०८२ कार्तिक २ गते आइतबार काग तिहार मनाउने, कार्तिक ३ गते सोमबार बिहान कुकुर तिहार मनाउने र दिनको ३:०० बजेपछि औंशी तिथि लाग्ने हुँदा साँझ लक्ष्मी पूजा गर्ने, कार्तिक ४ गते मंगलबार दिनको ४:२९ बजेपछि कछला थ्व प्रतिपदा तिथि पर्ने भएकोले म्ह: पूजा गर्ने र कार्तिक ५ गते सांझ ६:२० बजेपछि द्वितीया तिथि पर्ने भएकोले किजा पूजा (भाई टीका) गर्ने निर्णय गरेको प्रमुख प्रजापतिले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Rastriya Parichhayapatra
Rastriya Parichhayapatra
Nepal Oil Neegam

सम्बन्धित लेखहरू

आज खण्डग्रास चन्द्रग्रहण

काठमाडौं, १८ फागुन । फागुन शुक्ल पूर्णिमाका दिन मंगलबार बेलुकी ग्रस्तोदित खण्डग्रास (उदाउँदै ग्रहणले करिब आधा भाग ढाकिने)...

होली पर्व मनाइँदै

काठमाडौँ, १८ फागुन ।  फागुपूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङग र...

‘बालेनमाथि गोली प्रहार’ भन्दै भ्रम फैलाउने युवक पक्राउ

काठमाडौं, १७ फागुन । 'झापामा बालेन शाह माथि गोली प्रहार’ भन्दै भ्रामक सूचना फैलाएको आरोपमा एक जना पक्राउ...

पेस्तोलसहित लागूऔषध एम्फेटामाईन कारोबारी २ जना पक्राउ

काठमाडौं, १७ फागुन । प्रहरीले पेस्तोलसहित लागूऔषध एम्फेटामाईन कारोबारी २ जना पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्युरोको...