हेरिटेज नेपाल न्यूज

राती ९ बजेपछि देउसी-भैलो खेल्न नपाइने

Date:

Share post:

Changunarayan Nagarpalika

भक्तपुर, २ कार्तिक । भक्तपुरमा राति ९ बजेपछि देउसी-भैलो खेल्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय भक्तपुरले देउसी-भैलो लगायतका कार्यक्रम सञ्चालन गर्दा मर्यादित, अनुशासित एवम् व्यवस्थित ढंगले बेलुका ९ बजेसम्म गर्न विज्ञप्तिमार्फत आग्रह गरेको हो ।
देउसी-भैलो खेल्दा कोही कसैको गुनासो नआउने गरी मात्र खेल्न र सार्वजनिक आवागमन हुने सडकमार्गमा अवरोध हुनेगरी नखेल्न प्रमुख जिल्ला अधिकारी नमराज घिमिरेले आग्रह गरेका छन् । सार्वजनिक स्थान, पदमार्ग, सडकमार्गजस्ता स्थानमा आमसर्वसाधारणको आवागमनलाई बाधा पर्नेगरी कुनै पनि प्रकारको पूजा मण्डप वा दीपावली उत्सव स्थल बनाउनसमेत नपाइने भएको छ ।

यस्तै, आपसी सद्भाव कायम गर्न, जुवातास नखेल्न , अनलाइन ठगीबाट बच्न, कालोबजारी नगर्न, सावर्जनिक सवारी साधनमा बढी भाडा नलिन लगायत ९ बुँदे विज्ञप्ति सार्वजनिक गरिएको हो ।
विज्ञप्तिमा उल्लेखित कुराहरुको बर्खिलाप हुने गरी कोही कसैले कुनै गतिविधि गराएको पाइएमा नजिकको सुरक्षा निकाय वा प्रहरी कन्ट्रोल १०० मा जानकारी गराउनसमेत आग्रह गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Rastriya Parichhayapatra
Nepal Oil Neegam

सम्बन्धित लेखहरू

ललितपुरमा ८३ वर्षीय वृद्धको हत्या

ललितपुर, २९ पुस । ललितपुरको बाफलमा एक जना वृद्धको हत्या गरी इनारभित्र फालिएको अवस्थामा शव फेला परेको छ।...

भक्तपुर नगरपालिकाको उन्नाइसौं नगरसभा सम्पन्न

भक्तपुर, २८ पुस । भक्तपुर नगरपालिकाको उन्नाइसौं नगरसभा सोमबार सम्पन्न भएको छ । नगरसभा सफलतापूर्वक सम्पन्न भएकोमा सभाध्यक्ष...

भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा सुरेन्द्र तुबन्जा श्रेष्ठ

भक्तपुर, २८ पुस । भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा सुरेन्द्र तुबन्जा श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । आठौँ...

त्रिशुली किनारमा बालुवामा पुरिएको अवस्थामा बस भेटियो, गत वर्ष बेपत्ता डिलक्स बस भएको आंशका

काठमाडौं, २७ पुस । तनहुँको आँबुखैरहनी गाउँपालिका–५ द्वोन्द्राङ बेँसीस्थित त्रिशूली किनारमा बसको टुक्रा भेटिएको छ । माछा मार्ने...