जेन-जी शहीदका परिवारलाई आयल निगम हवाई इन्धन डिपोमा जागिर

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, ३० असोज । नेपाल आयल निगम हवाई इन्धन डिपो सिनामंगलले जेन–जी आन्दोलनमा शहीद बनेका सुवास बोहोराकी आमालाई रोजगारी प्रदान गरेको छ । पानलपोषण गर्ने छोरो सुवास बोहोराले आन्दोलनमा ज्यान गुमाए पछि विचल्लीमा परेकी उनकी आमा कैलीदेवी बोहरालाई रोजगारी दिएको हो ।
आन्दोलनमा सहादत प्राप्त गरेका सुवासकी आमालाई जीवन जिउन सहयोग पुगोस भनेर रोजगारी प्रदान गरेको नेपाल आयल निगम हवाई इन्धन डिपो सिनामंगलका प्रमुख प्रदीप यादवले बताए । निगमले ज्यालादारीमा कैलीदेवी बोहोरालाई नियुक्ति दिएको छ ।
जेन-जी प्रतिनिधिहरुको आग्रहमा अवसर दिएको उनले बताए । बोहोराले नियुक्ति लिँदा जेन–जी प्रतिनिधिहरु शिव यादव, उपार्जुन चाम्लिङ, अप्सना बानु, प्रदीप पाण्डे, आदित्य आचार्य, खेमराज साउद र गुञ्जन साही आयल निगमको डिपो सिनामंगल पुगेका थिए ।
बोहोरासहित आन्दोलनमा ज्यान गुमाएका अर्का ओजेन बुढाका बुवा मणिलाललाई चितवनस्थित भण्डारण क्षमता अभिवृद्धि परियोजनामा जागिर दिइएको छ । त्यसैगरी, आन्दोलनकै क्रममा कोटेश्वर चोकमा मृत्यु भएका महेश बुढाथोकीका भाइ उमेशलाई सिमरास्थित हवाइ इन्धन कार्यालयमा सुरक्षा गार्डको रोजगारी दिन लागिएको यादवले बताए ।
निगमको सिनामंगलस्थित हवाइ इन्धन कार्यालयमा कार्यरत करिब डेढ सय कर्मचारीले जेन–जी आन्दोलनमा मृत्यु र घाइते भएका परिवारलाई दुई लाख ७० हजार रुपैयाँ सहयोग दिएका थिए । आयल निगमका उपनिर्देशक रामहरि निरौलाले पाँच मृतकका परिवार र सातजना घाइतेलाई सो रकम हस्तान्तरण गरेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

उद्धार तथा राहतका कामलाई प्रभावकारी बनाउन सबै संयन्त्र परिचालन: मुख्यमन्त्री थापा

रसुवा, १६ भदौ । रसुवामा आएको विनाशकारी बाढीपछि उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई प्रभावकारी बनाउन सर्वपक्षीय बैठकले विभिन्न...

बागमतीको मुख्य न्यायाधिवक्तामा शिवराम तिमिल्सिना नियुक्त

मकवानपुर, १५ भदौ । बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा भक्तपुरका अधिवक्ता शिवराम तिमिल्सिना नियुक्त भएका छन् । प्रदेश सरकारको...

एमालेद्वारा बाढीपीडितका लागि १ करोड २० लाख सहयोगको घोषणा

काठमाडौं, १५ भदौ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रसुवा बाढी, पहिरो र डुबान...

त्रिशूली पुगे ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं, १५ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ नुवाकाेटकाे त्रिशूली पुगेका छन् । बाढी प्रभावित...