हेरिटेज नेपाल न्यूज

जेन-जी शहीदका परिवारलाई आयल निगम हवाई इन्धन डिपोमा जागिर

Date:

Share post:

Changunarayan Nagarpalika

काठमाडौं, ३० असोज । नेपाल आयल निगम हवाई इन्धन डिपो सिनामंगलले जेन–जी आन्दोलनमा शहीद बनेका सुवास बोहोराकी आमालाई रोजगारी प्रदान गरेको छ । पानलपोषण गर्ने छोरो सुवास बोहोराले आन्दोलनमा ज्यान गुमाए पछि विचल्लीमा परेकी उनकी आमा कैलीदेवी बोहरालाई रोजगारी दिएको हो ।
आन्दोलनमा सहादत प्राप्त गरेका सुवासकी आमालाई जीवन जिउन सहयोग पुगोस भनेर रोजगारी प्रदान गरेको नेपाल आयल निगम हवाई इन्धन डिपो सिनामंगलका प्रमुख प्रदीप यादवले बताए । निगमले ज्यालादारीमा कैलीदेवी बोहोरालाई नियुक्ति दिएको छ ।
जेन-जी प्रतिनिधिहरुको आग्रहमा अवसर दिएको उनले बताए । बोहोराले नियुक्ति लिँदा जेन–जी प्रतिनिधिहरु शिव यादव, उपार्जुन चाम्लिङ, अप्सना बानु, प्रदीप पाण्डे, आदित्य आचार्य, खेमराज साउद र गुञ्जन साही आयल निगमको डिपो सिनामंगल पुगेका थिए ।
बोहोरासहित आन्दोलनमा ज्यान गुमाएका अर्का ओजेन बुढाका बुवा मणिलाललाई चितवनस्थित भण्डारण क्षमता अभिवृद्धि परियोजनामा जागिर दिइएको छ । त्यसैगरी, आन्दोलनकै क्रममा कोटेश्वर चोकमा मृत्यु भएका महेश बुढाथोकीका भाइ उमेशलाई सिमरास्थित हवाइ इन्धन कार्यालयमा सुरक्षा गार्डको रोजगारी दिन लागिएको यादवले बताए ।
निगमको सिनामंगलस्थित हवाइ इन्धन कार्यालयमा कार्यरत करिब डेढ सय कर्मचारीले जेन–जी आन्दोलनमा मृत्यु र घाइते भएका परिवारलाई दुई लाख ७० हजार रुपैयाँ सहयोग दिएका थिए । आयल निगमका उपनिर्देशक रामहरि निरौलाले पाँच मृतकका परिवार र सातजना घाइतेलाई सो रकम हस्तान्तरण गरेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Rastriya Parichhayapatra
Nepal Oil Neegam

सम्बन्धित लेखहरू

अमेरिकाको ब्रुमफिल्ड शहरसँग ललितपुर महानगरको भगिनी सम्बन्ध

ब्रुमफिल्डसहित विदेशका तीन  सहरसँगे भगिनी सम्बन्ध ललितपुर, २९ पुस । ललितपुर महानगर र अमेरिको ब्रुमफिल्ड शहरबीच भगिनी सम्बन्ध कायम...

ललितपुरमा ८३ वर्षीय वृद्धको हत्या

ललितपुर, २९ पुस । ललितपुरको बाफलमा एक जना वृद्धको हत्या गरी इनारभित्र फालिएको अवस्थामा शव फेला परेको छ।...

भक्तपुर नगरपालिकाको उन्नाइसौं नगरसभा सम्पन्न

भक्तपुर, २८ पुस । भक्तपुर नगरपालिकाको उन्नाइसौं नगरसभा सोमबार सम्पन्न भएको छ । नगरसभा सफलतापूर्वक सम्पन्न भएकोमा सभाध्यक्ष...

भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा सुरेन्द्र तुबन्जा श्रेष्ठ

भक्तपुर, २८ पुस । भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा सुरेन्द्र तुबन्जा श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । आठौँ...