ललितपुर महानगरले चक्रपथमा निर्माण सुरु गर्यो साइकलमैत्री आकाशे पुल

Date:

Share post:

Changunarayan Nagarpalika

ललितपुर, २६ असोज । ललितपुर महानगरपालिकाले चक्रपथस्थित घोबीघाटमा साइकलमैत्री आकाशे पुल निर्माण गर्ने भएको छ । उक्त पुलको आइतबार नगर प्रमुख चिरीबाबु महर्जनले शिलान्यास गरे । पुल उद्घाटन कार्यक्रममा बोल्दै ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले चक्रपथको धोबीघाट पैदलयात्रीका लागि जोखिमपूर्ण स्थल भएको बताउँदै त्यो जोखिम घटाउन आकाशेपुल निर्माण गर्न लागेको बताए । उनले भने, ‘ सडक सुरक्षित नभएका कारण एक दर्जन भन्दा बढीको यो ठाउँमा ज्यान गईसक्यो,दुर्घटना हुन नदिन पुल बनाउन लागेका हौ ।’ उनले नख्खु खोलामा तीनवटा पुल निर्माण सम्पन्न भइसकेको , चक्रपथको यातायात नजिकै लिफ्टसहितको अपाङ्गतामैत्री पुल निर्माण अन्तिम अवस्थामा पुगेको जानकारी दिए । कर्मनाशा खोलामा पनि पुल निर्माणको काम अघि बढाएको छ ।त्यसैगरी धापाखेलस्थित महादेव खोलामा पनि पुल निर्माण भइरहेको छ । महानगर प्रमुख चिरीबाबु महर्जनले चक्रपथमा सानो किलाकाँटा ठोक्न पनि संघीय सरकारको स्वीकृति लिनुपर्ने भएको बताउँदै त्यो स्वीकृति लिनका लागि धेरै समय लागेको बताए । उनले भने, ‘ पुल निर्माणका लागि धेरै पहिला नै माग आए पनि स्वीकृति पाउन धेरै समय लागेकाले पुल निर्माणको काममा ढिला सुरु भएको हो । ’ निर्माणको जिम्मा लिएको कम्पनीलाई समयमै काम सक्ने उनले अनुरोध गरे ।

शुसासन तथा संस्थागत विकास समितिका संयोजक तथा वडा नं.३ वडा अध्यक्ष श्रीगोपाल महर्जनले स्थानीय तह नागरिकको मर्म बुझ्ने सरकार भएको बताए । स्थानीयको माग बमोजिम महानगरले यहाँ पुल निर्माणको लागि धेरै अघिदेखि प्रक्रिया अघि बढाएपनि सडक विभागको स्वीकृति समयमै नपाउँदा ढिला भएको जानकारी गराए । विकास निर्माणको काममा स्थानीयलाई महानगरसँग समन्वय र सहकार्य गर्न अनुरोध गरे ।  ललितपुर महानगर अन्य पालिकाभन्दा पृथक भएको बताउँदै शुसासन र अनुशासन कायम राख्नुपर्ने सबैलाई अनुरोध गरे । वडा नं. ४ का वडा अध्यक्ष सन्तोष खड्काले धोबीघाटमा महानगरले निर्माण गर्न लागेको साइकलमैत्री पुलले पैदलयात्रीलाई सहज हुने बताए ।

ललितपुर महानगरका पूर्वाधार महाशाखा प्रमुख इन्जिनियर प्रदीप पौडेलले चक्रपथको धोबीघाटमा पैैदलयालीको सुरक्षाका लागि पुल निर्माण गरिएको बताए । सडक वारपार गर्दा भएको दुर्घंंटनाका कारण धेरैले ज्यान गुमाएकाले पैदलयात्रीको सुरक्षालाई प्राथमिकतामा राखेर निर्माण थालेको प्रष्ट पारे । महानगरका अनुसार पुल निर्माणको सम्झौता रकम ५ करोड ४ लाख ४८ हजार रहेको छ । एक वर्षभित्र निर्माण सम्पन्न हुने यो पुलले दमकल सुन्दरीघाट मार्ग पूर्व र पश्चिमलाई जोड्ने भएकाले चक्रपथ वारपार गर्न सजिलो हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Helio School
Helio School

सम्बन्धित लेखहरू

प्रधानमन्त्रीले नेपालले समेत भारतको जमिन कब्जा गरेको भन्नू गम्भीर राष्ट्रघात : नेकपा

काठमाडौं, १८ जेठ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रतिनिधि सभामा प्रधानमन्त्रीले नेपाल–भारत सीमा सम्बन्धमा व्यक्त गरेको धारणा...

काठमाडौं महानगरको छात्रवृत्ति छनोट परीक्षामा १४ हजार ५७ जना विद्यार्थी उत्तीर्ण 

काठमाडौं, १८ जेठ । काठमाडौं महानगरपालिकाले आइतबार (जेठ १७ गते) लिएको छात्रवृत्ति छनोट परीक्षाबाट १४ हजार ५७ जना...

बजेटको आकार घटाउँदै बागमती प्रदेश सरकार

मकवानपुर, १८ जेठ । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट निर्माणका लागि मन्त्रालयहरुलाई बजेटको सिलिङ...

प्रधानमन्त्री बालेन्द्र शाहको भनाइमा परराष्ट्रको प्रस्टीकरण

काठमाडौं, १८ जेठ । प्रधानमन्त्री बालेन्द्र शाहले आइतबार प्रतिनिधिसभा बैठकमा 'नेपालले पनि भारतको जग्गा मिचेको छ' भनेर दिएको...