हेरिटेज नेपाल न्यूज

मध्यपुरथिमिको रोहन प्रजापतिको लार्केपास पदयात्रामा लेक लागेर मृत्यु

Date:

Share post:

Changunarayan Nagarpalika

भक्तपुर, २४ असोज । लार्केपास पदयात्राका क्रममा लेक लागेर एक युवकको मृत्यु भएको छ । भक्तपुरको मध्यपुर नगरपालिकाका २३ वर्षीय रोहन प्रजापतिको बिहीबार दिउँसो लेक लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रजापति र उनका केही साथीहरु मनास्लु पदमार्ग हुदै लार्के पासका लागि बिहीबार उत्तरी गोरखाको चुमनुव्री गाउँपालिका–१ धर्मशाला पुगेका थिए। त्यहाँबाट करिब पाँच घण्टाको पैदल हिडेर लार्के पास गर्ने क्रममा प्रजापतिको लेक लागेर ज्यान गएको प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठले बताए।

‘उनीसँग अन्य चार जना साथीहरु पनि गएका रहेछन्,’ उनले भने, ‘माथि पुगिसकेकाले फर्केर तल झर्न समस्या हुने भएपछि पोर्टरहरुको सल्लाह अनुसार अन्य साथीहरू भने लार्के पास गरेर मनाङतर्फ झरेछन्।’ प्रजापतिको शव सामागाउँ ल्याइएको र फिस्टेल एयरको हेलिबाट काठमाडौको टिचिङ अस्पताल लैजाने तयारी भइरहेको डिएसपी श्रेष्ठले जानकारी दिए। सामागाउँ प्रहरी चौकीबाट खटिएको टोलिले मुचुल्का तयार गरिरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Rastriya Parichhayapatra
Nepal Oil Neegam

सम्बन्धित लेखहरू

विशेष महाधिवेशनबाट गगन थापा सभापति

काठमाडौँ, १ माघ । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरको महाधिवेशनबाट सभापतिमा गगन थापा निर्वाचित भएका छन् । सभापतिमा उनको...

खेलकुद विकासका लागि ‘पेसएक्स स्पोटर्स’

काठमाडौँ, १ माघ । नेपाली खेलकुदको दिगो विकासमा योगदान पुर्‍याउने उद्देश्यले ‘पेसएक्स स्पोटर्स’ संस्था संचालनमा आएको छ ।...

युएईमा अध्ययनमा पठाउने भन्दै ठगीको आरोपमा कन्सल्टेन्सीका पाँच सञ्चालक पक्राउ

काठमाडौं, १ माघ । युएईमा अध्ययन गर्न पठाउने भनी रकम उठाएर ठगेको आरोपमा प्रहरीले पाँच जना कन्सल्टेन्सीका सञ्चालकलाई...

बाग्मती प्रदेशको स्वास्थ्य सेवा सुधारका अभियन्ता: स्वास्थ्यमन्त्री किरण थापा

काठमाडौं, २९ पुस । नेपालको संघीय संरचनाअन्तर्गत रहेका सातवटै प्रदेशमध्ये सबैभन्दा जनघनत्वयुक्त, राजधानी केन्द्रित र स्वास्थ्य दृष्टिकोणले चुनौतीपूर्ण...