हेरिटेज नेपाल न्यूज

सरकारले फर्कायो तीन निकाय

Date:

Share post:

काठमाडौं, १० असोज । सुशीला कार्की नेतृत्वको सरकारले केपी शर्मा ओलीले प्रधानमन्त्री कार्यालयमा ल्याएको तीन निकायलाई पुरानै अवस्थामा फर्काउने निर्णय गरेको छ ।
बिहीबारको मन्त्रिपरिषद्को बैठकले राजस्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण विभाग र राष्ट्रिय अनुसन्धान विभागलाई पुरानै अवस्थामा फर्काएको हो ।

मन्त्रिपरिषद्‍ले राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण विभागलाई अर्थ मन्त्रालय र राष्ट्रिय अनुसन्धान विभाग गृह मन्त्रालयअन्तर्गत  फकाइएको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जनाए ।
यी तीनवटै विभाग प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको मातहतमा राखिएको थियो ।
२०७४ को निर्वाचनमा एमाले र माओवादीले करिब दुई तिहाइ बहुमत ल्याएपछि प्रधानमन्त्री बनेका ओलीले यी तीन महत्वपूर्ण विभागलाई प्रधानमन्त्री कार्यालय मातहत ल्याएर केन्द्रिकृत गरेका थिए ।

तत्कालीन प्रधानमन्त्री ओलीले प्रधानमन्त्री कार्यालयमा शक्ति एकत्रित गर्ने प्रयासस्वरुप १६ फागुन २०७५ मा यी विभागहरूलाई आफूमातहत ल्याएका थिए ।
गृह मन्त्रालयअन्तर्गत नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभाग गरी तीनवटा सुरक्षा अंग रहेकोमा विभागचाहिँ प्रधानमन्त्री कार्यालय मातहत गएपछि सुरक्षा समन्वयमा ठूलो कमजोरी रहँदै आएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

सम्बन्धित लेखहरू

रसुवामा बाढीले बेपत्ता भएका भक्तपुरका ४ मध्ये ३ एकै परिवारका

भक्तपुर,२० असोज । लाङटाङ घुम्न जाने क्रममा रसुवाको गोसाइँकुण्ड गाउँपालिका–४ को बेरिङ खोल्साले बगाएर बेपत्ता भएका भक्तपुरका चारमध्ये...

शुक्रबारदेखि ३ दिन भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन सरकारको आग्रह

काठमाडौं, १६ असोज । भारी वर्षाको पूर्वानुमानका आधारमा प्राकृतिक प्रकोप सिर्जित विपद् आउन सक्ने आकलन गरिएको छ ।...

आज महानवमी पर्व मनाउँदै

काठमाडौं, १५ असोज । प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज देशभर नवदुर्गा भगवतीको विशेष...

नवकुमारी आर्यतारा शाक्य

काठमाडौं, १४ असोज । नवकुमारी आर्यतारा शाक्यलाई कुमारीघर प्रवेश गराइएको छ। कुमारीघर प्रवेश गराई उनलाई शुभसाइतमा विधिवत् रूपमा...