हेरिटेज नेपाल न्यूज

चाँगुनारायण नगरपालिकाले थाल्यो सेवाको तयारी

Date:

Share post:

Changunarayan Nagarpalika

भक्तपुर, २७ भदौ । जेन-जी आन्दोलनपश्चात चाँगुनारायण नगरपालिकाले नगर क्षेत्रमा निर्वाध रुपमा सेवा प्रवाह गर्ने तयारी गरेको जनाएको छ। नगरप्रमुख जीवन खत्रीद्वारा जारी सार्वजनिक अपिलपत्रमा आन्दोलनका क्रममा शहीद भएकाप्रति श्रद्धाञ्जली र घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको शुभकामना व्यक्त गरिएको छ। साथै विभिन्न स्थानमा भएको हिंसात्मक घटना र सार्वजनिक तथा निजी सम्पत्तिमा भएको क्षतिप्रति दुःख प्रकट गरिएको छ।

तर, चाँगुनारायण नगर क्षेत्रमा भने जेन–जी समूहले शान्त, मर्यादित र सौहार्दपूर्ण ढंगले प्रदर्शन गरेको भन्दै नगरप्रमुख खत्रीले सहभागी युवाहरु, स्थानीय अगुवाहरु र नगरबासीप्रति आभार प्रकट गरेका छन्। बाह्य तत्वको प्रभावमा अराजक गतिविधि भए पनि क्षतिग्रस्त प्रहरी चौकीलाई सरसफाइ तथा मर्मत गरेर पुनः सञ्चालनमा ल्याउनु सकारात्मक पहल भएको उनको भनाइ छ।

नगरपालिकाले आन्दोलनपछि सामान्य जीवन सहज बनाउन संयमित र सचेत रहन नगरबासीलाई आग्रह गर्दै सरकारी, शैक्षिक, गैरसरकारी तथा निजी संस्थाहरुबाट सेवा प्रवाह निर्वाध बनाउने प्रतिबद्धता जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Rastriya Parichhayapatra
Nepal Oil Neegam

सम्बन्धित लेखहरू

ललितपुरमा ८३ वर्षीय वृद्धको हत्या

ललितपुर, २९ पुस । ललितपुरको बाफलमा एक जना वृद्धको हत्या गरी इनारभित्र फालिएको अवस्थामा शव फेला परेको छ।...

भक्तपुर नगरपालिकाको उन्नाइसौं नगरसभा सम्पन्न

भक्तपुर, २८ पुस । भक्तपुर नगरपालिकाको उन्नाइसौं नगरसभा सोमबार सम्पन्न भएको छ । नगरसभा सफलतापूर्वक सम्पन्न भएकोमा सभाध्यक्ष...

भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा सुरेन्द्र तुबन्जा श्रेष्ठ

भक्तपुर, २८ पुस । भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा सुरेन्द्र तुबन्जा श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । आठौँ...

त्रिशुली किनारमा बालुवामा पुरिएको अवस्थामा बस भेटियो, गत वर्ष बेपत्ता डिलक्स बस भएको आंशका

काठमाडौं, २७ पुस । तनहुँको आँबुखैरहनी गाउँपालिका–५ द्वोन्द्राङ बेँसीस्थित त्रिशूली किनारमा बसको टुक्रा भेटिएको छ । माछा मार्ने...