हेरिटेज नेपाल न्यूज

प्रधानसेनापति, मुख्यसचिव,प्रहरी महानिरीक्षक, अनुसन्धान विभाग प्रमुख, सशस्त्र प्रहरी महानिरीक्षकको सबैलाई संयमित हुन अपिल

Date:

Share post:

काठमाडौं, २४ भदौ । जेन-जी आन्दोलनले मुलुकको अवस्था जटिल बनेको भन्दै प्रधानसेनापति अशोकराज सिग्देल, मुख्यसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, गृहसचिव गोकर्णमणी दुवाडीले सार्वजनिक अपील गरेका छन् । उनीहरूले सामूहिक अपील जारी गर्दै प्रधानमन्त्रीको राजीनामा स्वीकृत भइसकेको अवस्थामा सबैलाई संयमित हुन आग्रह गरेका छन् ।

‘हिजोदेखि काठमाडौं लगायत मुलुकका विभिन्न भागमा भएको प्रदर्शनका क्रममा ठूलो जनधनको क्षति भएको छ । यसबाट ज्यान गुमाउने व्यक्तिहरूप्रति भावपूर्ण श्रद्धाञ्जली एवम् सम्बद्ध प्ररिवारजनमा गहीरो समवेदना व्यक्त गर्दछौं,’ अपीलमा भनिएको छ, ‘प्रधानमन्त्रीको राजीनामा स्वीकृतसमेत भएको हुँदा यस विषम् परिस्थितिमा थप जनधनको क्षति हुन नदिन आम नागरिक सबैलाई संयमित हुन हार्दिक आग्रह गर्दछौं ।’ मुलुकको पछिल्लो अवस्थाबारे संवादको माध्यमबाट निकास निकाल्नुपर्ने उनीहरूको अपील छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

सम्बन्धित लेखहरू

प्रभु म्यानेजमेन्टका सहायक लेखा प्रमुख महाजु पक्राउ

काठमाडौं, ४ मंसीर। प्रभु म्यानेजमेन्टका सहायक लेखा प्रमुख हेमकुमार महाजु पक्राउ परेका छन्। हुण्डी कारोबारमा संलग्न भएको आरोपमा...

चोरी भएका ५१ मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण

काठमाडौं, ४ मंसीर । काठमाडौं उपत्यकाका विभिन्न स्थान र समयमा चोरी भएका ५१ वटा दुई पाङ्ग्रे सवारी साधन...

स्वास्थ्य क्षेत्र सुधारका लागि बागमती प्रदेशको १३ बुँदे प्रतिबद्धता पत्र

हेटौंडा, ४ मंसीर । बागमती प्रदेश सरकारले स्वास्थ्य क्षेत्रको सुधारका लागि १३ बुँदे प्रतिबद्धता पत्र जारी गरेको छ...

सहिद धर्मभक्त अंग प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशकमा डा. श्रेष्ठ नियुक्त

काठमाडौ, ३ मंसीर । सहीद धर्मभक्त मानवअंग प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशक पदमा डा.कल्पना कुमारी श्रेष्ठलाई नियुक्त गर्ने निर्णय...