हेरिटेज नेपाल न्यूज

भक्तपुरका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी, सभा, जुलुस गर्न रोक

Date:

Share post:

Changunarayan Nagarpalika

भक्तपुर, २४ भदौ । भक्तपुर जिल्ला प्रशासन कार्यालयले जिल्लाका केही संवेदनशील क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । भदौ २४ गते बिहान ५:३० बजेदेखि लागू हुने गरी जारी गरिएको आदेशअनुसार उक्त क्षेत्रहरूमा कुनै पनि प्रकारका सभा, जुलुस, प्रदर्शन, बैठक र भीड गर्न रोक लगाइएको छ ।
प्रमुख जिल्ला अधिकारी नमराज धिमिरेद्वारा जारी गरिएको आदेशमा भनिएको छ, “स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ बमोजिम शान्ति सुरक्षाको दृष्टिले चाँगुनारायण नगरपालिका वडा नम्बर २ अन्तर्गतका विभिन्न स्थानहरूमा निषेधाज्ञा लागू गरिएको हो ।”

निषेधाज्ञा लागू गरिएका क्षेत्रहरू यस्ता छन्:
• जडिबुटीदेखि अनिको राजमार्ग साँगासम्म २०० मिटर वरपरको क्षेत्र,
• पेप्सीकोला मनोहर पुलदेखि निकोसेरा चोकसम्म,
• कौशलटार बालकोटचाेक हुँदै राेजभिलेजदेखि चारदोबाटो चोकसम्म,
• राधेराधेचाेकदेखि निकाेसेरा चाेकसम्म,
• बाखाहाबजार, नेपाल कोरियन मैत्री नगर अस्पताल हुँदै चारदोबाटो चोकसम्म,
• सल्लाघारी नगरकाेट सडक, कमलविनायक, खरिपाटी हुँदै नगरकाेट चाेकसम्म,
• च्यामासिंह, ताथली हुँदै नालासम्म (काभ्रेजिल्लाकाे सिमानासम्म)

• दुवाकाेट माेडदेखि नेपाल इन्जिनियरिङ्ग कलेज क्षेत्र,
• देकाेचादेखि चाँगुनारायण मन्दिर क्षेत्रसम्म
<span;>प्रशासनले उल्लेखित क्षेत्रमा कुनै पनि समूह वा व्यक्तिले जुलुस, सभा वा अन्य सार्वजनिक कार्यक्रम गरे कानुनी कारबाही गरिने चेतावनी दिएको छ । स्थानीय सुरक्षा अवस्था र संभावित जोखिमलाई ध्यानमा राख्दै आदेश जारी गरिएको जनाइएको छ । निषेधाज्ञा कहिलेसम्म लागू हुने भन्ने विषयमा स्पष्ट जानकारी नदिइएको भए पनि  ‘अर्को आदेश नआएसम्म’ लागू हुने भनिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Rastriya Parichhayapatra
Nepal Oil Neegam

सम्बन्धित लेखहरू

अमेरिकाको ब्रुमफिल्ड शहरसँग ललितपुर महानगरको भगिनी सम्बन्ध

ब्रुमफिल्डसहित विदेशका तीन  सहरसँगे भगिनी सम्बन्ध ललितपुर, २९ पुस । ललितपुर महानगर र अमेरिको ब्रुमफिल्ड शहरबीच भगिनी सम्बन्ध कायम...

ललितपुरमा ८३ वर्षीय वृद्धको हत्या

ललितपुर, २९ पुस । ललितपुरको बाफलमा एक जना वृद्धको हत्या गरी इनारभित्र फालिएको अवस्थामा शव फेला परेको छ।...

भक्तपुर नगरपालिकाको उन्नाइसौं नगरसभा सम्पन्न

भक्तपुर, २८ पुस । भक्तपुर नगरपालिकाको उन्नाइसौं नगरसभा सोमबार सम्पन्न भएको छ । नगरसभा सफलतापूर्वक सम्पन्न भएकोमा सभाध्यक्ष...

भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा सुरेन्द्र तुबन्जा श्रेष्ठ

भक्तपुर, २८ पुस । भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा सुरेन्द्र तुबन्जा श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । आठौँ...