राष्ट्रपति, उपराष्ट्रपति कार्यालय, सिंहदरबार र नारायणहिटी क्षेत्रमा पनि कर्फ्यु जारी

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, २३ भदौ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले कर्फ्युको क्षेत्र बढाएको छ । यसअघि बानेश्वरमा मात्रै कर्फ्यु लगाएकामा अब राष्ट्रपति निवास शीतलनिवास , उपराष्ट्रपति निवास लैनचौर तथा नारायणहिटी क्षेत्रमा पनि थप गरिएको छ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी छवि रिजालबाट जारी आदेशमा बानेश्वर क्षेत्रका साथै अब राष्ट्रपति कार्यालय, शीतलनिवास क्षेत्र, उपराष्ट्रपति कार्यालय, लैनचौर क्षेत्र, नारायणहिटी दरबार सङ्ग्रहालय क्षेत्र र सिंहदरबार क्षेत्रमा पनि कर्फ्यु आदेश जारी भएको हो ।

यसअघिको पहिलो कर्फ्यु आदेशमा बानेश्वर चोकदेखि पश्चिम एभरेस्ट होटेल हुँदै बिजुलीबजार पुलसम्म, बानेश्वर चोकदेखि पूर्व मिनभवन, शान्तिनगर हुँदै तीनकुने चोकसम्म, बानेश्वर चोकदेखि उत्तर आइप्लेक्स मल हुँदै रत्नराज्य माध्यमिक विद्यालयसम्म र बानेश्वर चोकदेखि दक्षिण शंखमूल ओरालो हुँदै शंखमूल पुलसम्मको क्षेत्रमा कर्फ्यु जारी गरिएको थियो ।

सिडिओ कार्यालयले कर्फ्यु आदेशसँगै प्रदर्शन उग्र भएमा गोली हान्नेसम्मको आदेश दिएको छ । सिडिओ कार्यालयले जारी गरेको दोस्रो कर्फ्युमा पनि अपराह्न १ बजेदेखि राति १० बजेसम्म कर्फ्यु लागू हुने बताएको छ ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

एसिया प्यासिफिक सिटी समिटमा सहभागी हुन मध्यपुर थिमिको टोली जापान प्रस्थान

भक्तपुर, ३० असोज । मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ अन्तर्राष्ट्रिय सहर सम्मेलनमा सहभागी हुन आज जापान...

काठमाडौंमा अब पाइने छ बाइक एम्बुलेन्स सेवा

काठमाडौं, ३० असोज । काठमाडौं महानगरपालिकाले आजदेखि बाइक एम्बुलेन्स सेवा शुरु गरेको छ। शुक्रबार काठमाडौँ महानगरपालिकाको अनुदान तथा...

सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा

भक्तपुर, ३० असोज । सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री किरण...

मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शनको परम्परा पुनरुत्थान गरिँदै

भक्तपुर, ३० असोज । मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शन गराउने परम्परालाई पुनरुत्थान गरिने भएको छ। स्थानीय शाक्य,...