हेरिटेज नेपाल न्यूज

राष्ट्रपति, उपराष्ट्रपति कार्यालय, सिंहदरबार र नारायणहिटी क्षेत्रमा पनि कर्फ्यु जारी

Date:

Share post:

काठमाडौं, २३ भदौ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले कर्फ्युको क्षेत्र बढाएको छ । यसअघि बानेश्वरमा मात्रै कर्फ्यु लगाएकामा अब राष्ट्रपति निवास शीतलनिवास , उपराष्ट्रपति निवास लैनचौर तथा नारायणहिटी क्षेत्रमा पनि थप गरिएको छ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी छवि रिजालबाट जारी आदेशमा बानेश्वर क्षेत्रका साथै अब राष्ट्रपति कार्यालय, शीतलनिवास क्षेत्र, उपराष्ट्रपति कार्यालय, लैनचौर क्षेत्र, नारायणहिटी दरबार सङ्ग्रहालय क्षेत्र र सिंहदरबार क्षेत्रमा पनि कर्फ्यु आदेश जारी भएको हो ।

यसअघिको पहिलो कर्फ्यु आदेशमा बानेश्वर चोकदेखि पश्चिम एभरेस्ट होटेल हुँदै बिजुलीबजार पुलसम्म, बानेश्वर चोकदेखि पूर्व मिनभवन, शान्तिनगर हुँदै तीनकुने चोकसम्म, बानेश्वर चोकदेखि उत्तर आइप्लेक्स मल हुँदै रत्नराज्य माध्यमिक विद्यालयसम्म र बानेश्वर चोकदेखि दक्षिण शंखमूल ओरालो हुँदै शंखमूल पुलसम्मको क्षेत्रमा कर्फ्यु जारी गरिएको थियो ।

सिडिओ कार्यालयले कर्फ्यु आदेशसँगै प्रदर्शन उग्र भएमा गोली हान्नेसम्मको आदेश दिएको छ । सिडिओ कार्यालयले जारी गरेको दोस्रो कर्फ्युमा पनि अपराह्न १ बजेदेखि राति १० बजेसम्म कर्फ्यु लागू हुने बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

सम्बन्धित लेखहरू

प्रभु म्यानेजमेन्टका सहायक लेखा प्रमुख महाजु पक्राउ

काठमाडौं, ४ मंसीर। प्रभु म्यानेजमेन्टका सहायक लेखा प्रमुख हेमकुमार महाजु पक्राउ परेका छन्। हुण्डी कारोबारमा संलग्न भएको आरोपमा...

चोरी भएका ५१ मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण

काठमाडौं, ४ मंसीर । काठमाडौं उपत्यकाका विभिन्न स्थान र समयमा चोरी भएका ५१ वटा दुई पाङ्ग्रे सवारी साधन...

स्वास्थ्य क्षेत्र सुधारका लागि बागमती प्रदेशको १३ बुँदे प्रतिबद्धता पत्र

हेटौंडा, ४ मंसीर । बागमती प्रदेश सरकारले स्वास्थ्य क्षेत्रको सुधारका लागि १३ बुँदे प्रतिबद्धता पत्र जारी गरेको छ...

सहिद धर्मभक्त अंग प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशकमा डा. श्रेष्ठ नियुक्त

काठमाडौ, ३ मंसीर । सहीद धर्मभक्त मानवअंग प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशक पदमा डा.कल्पना कुमारी श्रेष्ठलाई नियुक्त गर्ने निर्णय...