हेरिटेज नेपाल न्यूज

नेपाल प्रहरी ३२ औं आईजीपी चन्द्र कुवेर खापुङ

Date:

Share post:

काठमाडौँ, १३ भदौ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रहरी महानिरीक्षक(आईजीपी)मा चन्द्र कुवेर खापुङलाई नियुक्त गर्ने निर्णय गरेको छ । शुक्रबारको बैठकले हाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) प्रमुखका रूपमा रहेका एआईजी खापुङलाई नयाँ आईजीपी नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए । <span;>यो निर्णयसँगै उनी भदौ १८ गतेदेखि नेपाल प्रहरीको ३२ औं महानिरीक्षकको जिम्मेवारीमा हुनेछन् ।

तेह्रथुममा जन्मेका खापुङ २०५२ सालमा नेपाल प्रहरीको सेवामा प्रवेश गरेका थिए । उनी अहिले केन्द्रीय अनुसन्धान ब्युरो प्रमुखको जिम्मेवारीमा छन् । ५५ वर्षीय खापुङसँग यसअघि प्रधानमन्त्रीको सुरक्षा प्रमुखको जिम्मेवारीमा समेत थिए । त्यस्तै उनीसँग यूएन मिसनमा हाइटीमा दुई पटक सेवादेखि प्रहरी प्रधान कार्यालयको कमर्चारी प्रशासन प्रमुखसम्मको अनुभव छ ।

इटाली, कोरिया, भियतनाम र चीनबाट विभिन्न सुरक्षासम्बन्धी तालिम लिएका खापुङसँग काठमाडौं उपत्यका अपराध महाशाखा प्रमुख र कोशी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हालिसकेको अनुभव समेत छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

सम्बन्धित लेखहरू

प्रभु म्यानेजमेन्टका सहायक लेखा प्रमुख महाजु पक्राउ

काठमाडौं, ४ मंसीर। प्रभु म्यानेजमेन्टका सहायक लेखा प्रमुख हेमकुमार महाजु पक्राउ परेका छन्। हुण्डी कारोबारमा संलग्न भएको आरोपमा...

चोरी भएका ५१ मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण

काठमाडौं, ४ मंसीर । काठमाडौं उपत्यकाका विभिन्न स्थान र समयमा चोरी भएका ५१ वटा दुई पाङ्ग्रे सवारी साधन...

स्वास्थ्य क्षेत्र सुधारका लागि बागमती प्रदेशको १३ बुँदे प्रतिबद्धता पत्र

हेटौंडा, ४ मंसीर । बागमती प्रदेश सरकारले स्वास्थ्य क्षेत्रको सुधारका लागि १३ बुँदे प्रतिबद्धता पत्र जारी गरेको छ...

सहिद धर्मभक्त अंग प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशकमा डा. श्रेष्ठ नियुक्त

काठमाडौ, ३ मंसीर । सहीद धर्मभक्त मानवअंग प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशक पदमा डा.कल्पना कुमारी श्रेष्ठलाई नियुक्त गर्ने निर्णय...