हेरिटेज नेपाल न्यूज

जडिबुटीमा रोकिराखेको बसमा स्कुटर ठोक्किँदा दुईको मृत्यु

Date:

Share post:

Changunarayan Nagarpalika

काठमाडौं, १३ भदौ । काठमाडौंको जडिबुटीमा रोकिराखेको बसमा स्कुटर ठोक्किँदा २ जनाको मृत्यु भएको छ । शुक्रबार बिहान करिब २ः५० बजे जडिबुटीको आकासे पुल नजिकै रोकिराखेको बागमती प्रदेश ०१–००६ ख ४२४३ नम्बरको बसमा कोटेश्वरबाट जडिबुटीतर्फ जाँदै गरेको लु ४३ प ४९३८ नम्बरको स्कुटर ठोक्किएर दुर्घटना भएको थियो ।

दुर्घटनामा स्कुटर चालक पश्चिम नवलपरासीको सुनवल नगरपालिका-१ घरभई मध्यपुरथिमि लोकन्थली बस्ने २२ वर्षीय शिरिष पौडेल र काभ्रेपलाञ्चो पाचँखाल-२ होक्सेका २३ वर्षीय नितेश नेपालको मृत्यु भएको हो ।

प्रहरीका अनुसार स्कुटर बसमा गएर ठोक्किँदा स्कुटर चालक र पछाडी सवार घाइते भएका थिए । उनीहरुलाई उपचारको लागि तत्काल ट्रमा सेन्टर लगिएको थियो । घाइते दुवै जनाको उपचारको क्रममा मृत्यु भएको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Rastriya Parichhayapatra
Nepal Oil Neegam

सम्बन्धित लेखहरू

ललितपुरमा ८३ वर्षीय वृद्धको हत्या

ललितपुर, २९ पुस । ललितपुरको बाफलमा एक जना वृद्धको हत्या गरी इनारभित्र फालिएको अवस्थामा शव फेला परेको छ।...

भक्तपुर नगरपालिकाको उन्नाइसौं नगरसभा सम्पन्न

भक्तपुर, २८ पुस । भक्तपुर नगरपालिकाको उन्नाइसौं नगरसभा सोमबार सम्पन्न भएको छ । नगरसभा सफलतापूर्वक सम्पन्न भएकोमा सभाध्यक्ष...

भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा सुरेन्द्र तुबन्जा श्रेष्ठ

भक्तपुर, २८ पुस । भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा सुरेन्द्र तुबन्जा श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । आठौँ...

त्रिशुली किनारमा बालुवामा पुरिएको अवस्थामा बस भेटियो, गत वर्ष बेपत्ता डिलक्स बस भएको आंशका

काठमाडौं, २७ पुस । तनहुँको आँबुखैरहनी गाउँपालिका–५ द्वोन्द्राङ बेँसीस्थित त्रिशूली किनारमा बसको टुक्रा भेटिएको छ । माछा मार्ने...