हेरिटेज नेपाल न्यूज

जडिबुटीमा रोकिराखेको बसमा स्कुटर ठोक्किँदा दुईको मृत्यु

Date:

Share post:

Changunarayan Nagarpalika

काठमाडौं, १३ भदौ । काठमाडौंको जडिबुटीमा रोकिराखेको बसमा स्कुटर ठोक्किँदा २ जनाको मृत्यु भएको छ । शुक्रबार बिहान करिब २ः५० बजे जडिबुटीको आकासे पुल नजिकै रोकिराखेको बागमती प्रदेश ०१–००६ ख ४२४३ नम्बरको बसमा कोटेश्वरबाट जडिबुटीतर्फ जाँदै गरेको लु ४३ प ४९३८ नम्बरको स्कुटर ठोक्किएर दुर्घटना भएको थियो ।

दुर्घटनामा स्कुटर चालक पश्चिम नवलपरासीको सुनवल नगरपालिका-१ घरभई मध्यपुरथिमि लोकन्थली बस्ने २२ वर्षीय शिरिष पौडेल र काभ्रेपलाञ्चो पाचँखाल-२ होक्सेका २३ वर्षीय नितेश नेपालको मृत्यु भएको हो ।

प्रहरीका अनुसार स्कुटर बसमा गएर ठोक्किँदा स्कुटर चालक र पछाडी सवार घाइते भएका थिए । उनीहरुलाई उपचारको लागि तत्काल ट्रमा सेन्टर लगिएको थियो । घाइते दुवै जनाको उपचारको क्रममा मृत्यु भएको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Rastriya Parichhayapatra
Rastriya Parichhayapatra
Nepal Oil Neegam

सम्बन्धित लेखहरू

आज खण्डग्रास चन्द्रग्रहण

काठमाडौं, १८ फागुन । फागुन शुक्ल पूर्णिमाका दिन मंगलबार बेलुकी ग्रस्तोदित खण्डग्रास (उदाउँदै ग्रहणले करिब आधा भाग ढाकिने)...

होली पर्व मनाइँदै

काठमाडौँ, १८ फागुन ।  फागुपूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङग र...

‘बालेनमाथि गोली प्रहार’ भन्दै भ्रम फैलाउने युवक पक्राउ

काठमाडौं, १७ फागुन । 'झापामा बालेन शाह माथि गोली प्रहार’ भन्दै भ्रामक सूचना फैलाएको आरोपमा एक जना पक्राउ...

पेस्तोलसहित लागूऔषध एम्फेटामाईन कारोबारी २ जना पक्राउ

काठमाडौं, १७ फागुन । प्रहरीले पेस्तोलसहित लागूऔषध एम्फेटामाईन कारोबारी २ जना पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्युरोको...