हेरिटेज नेपाल न्यूज

सामाजिक सञ्जाललाई सात दिनभित्र सूचिकृत हुन सरकारको आह्वान

Date:

Share post:

काठमाडौं, ११ भदौ । सरकारले फेसबुकसहितका सामाजिक सञ्जाललाई सात दिनभित्र सूचीकरण हुन समय दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका २०८० र सर्वोच्च अदालतको आदेश अनुसार सामाजिक सञ्जालालाई जवाफदेही बनाउने निर्णय गरेको हो । सात दिनको समय दिएर सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकरण हुन सामाजिक सञ्जालहरूलाई आह्वान गरेको छ ।

तोकिएको समयमा सूचीकरण नगरेका वा मन्त्रालयसँग सम्पर्क नगरेका सामाजिक सञ्जाललाई नेपालभित्र प्रयोग गर्न नदिने निर्णय पनि सरकारले गरेको छ । सूचनामा उल्लेख भएअनुसार दर्ता हुनेबित्तिकै त्यस्तो प्रतिबन्ध अन्त्य गरिनेछ । सरकारले यसका लागि नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिने निर्णय पनि गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

सम्बन्धित लेखहरू

प्रभु बैंकका सिईओ, डेपुटी सिइओ र सिसिओ पक्राउ

काठमाडौं, १४ मंसीर । नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ), नायब प्रमुख...

मल्लकालीन स्वरूपमा ठडिँदै थन्थु दरबार

भक्तपुर, १४ मंसीर । विश्वसम्पदामा सूचीकृत भक्तपुर दरबार क्षेत्रस्थित थन्थु दरबार मल्लकालीन स्वरूपमा पुन:निर्माण थालेको छ । २०७२...

ललितपुर महानगर ३ मा विषादी परीक्षण केन्द्र

ललितपुर, १३ मंसिर ।  ललितपुर महानगरपालिका-३ मा बिक्री हुने तरकारीमा विषादी प्रयोग भए नभएको परीक्षण हुने भएको छ...

वक्तृत्वकला प्रतियोगिता सम्पन्न ललितपुरका पद्यप्रकाश,टिका विद्याश्रम, रुद्रायणी-प्रथम, द्धितीय र तृतीय

ललितपुर, १३ मंसिर । ललितपुर महानगरसँगको सहकार्यमा ललितपुर चक्रपथ महानगर सफाई अभियान र अभिभावक संघ नेपालले संयुक्त रुपमा...