हेरिटेज नेपाल न्यूज

अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरणको काम तत्काल खुलाउन सरकारलाई ७२ घण्टे अल्टिमेटम

Date:

Share post:

काठमाडौं, ११ भदौ । नेपाल पत्रकार महासंघले अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरणको काम तत्काल खुलाउन सरकारलाई ७२ घण्टे अल्टिमेटम दिएको छ । महासंघकी अध्यक्ष निर्मला शर्मा नेतृत्वको प्रतिनिधि मण्डलले बुधबार सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङसमक्ष ज्ञापनपत्र बुझाउँदै अल्टिमेटम दिएका हुन् । महासंघका महासचिव रामप्रसाद दाहालद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा, अवरुद्ध दर्ता र नवीकरण कार्य सुरु नभए महासंघ आन्दोलनमा उत्रिने चेतावनी दिइएको छ ।

ज्ञापनपत्र बुझ्दै मन्त्री गुरुङले अनलाइन सञ्चारमाध्यमलाई परेका असहजता हटाउन अस्थायी व्यवस्था गरिने र नयाँ नियमावली पनि तत्काल ल्याइने आश्वासन दिए । मन्त्रालयकी सचिव राधिका अर्यालले पनि दर्ता र नवीकरण प्रक्रिया सहज बनाउन पहल गरिने जानकारी दिइन् ।

छापाखाना तथा प्रकाशन सम्बन्धी ऐन, २०४८ मा संशोधन गरी अनलाइन सञ्चारमाध्यमको दर्ता–नवीकरण स्थानीय प्रशासनमार्फत गर्ने व्यवस्था भएपछि देशभर अनलाइन सञ्चारमाध्यमको दर्ता, नवीकरण र सञ्चालन अवरुद्ध भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

सम्बन्धित लेखहरू

काठमाडौंमा र्याली, सभा र प्रदर्शनमा रोक

काठमाडौं, २४ असोज । काठमाडौँमा विभिन्न समूहले शनिबार आयोजना गर्ने भनिएको मोटरसाइकल र्‍याली, सभा र प्रदर्शनमा जिल्ला प्रशासन...

मध्यपुरथिमिको रोहन प्रजापतिको लार्केपास पदयात्रामा लेक लागेर मृत्यु

भक्तपुर, २४ असोज । लार्केपास पदयात्राका क्रममा लेक लागेर एक युवकको मृत्यु भएको छ । भक्तपुरको मध्यपुर नगरपालिकाका...

गौरीबहादुर कार्कीको अध्यक्षतामा बनेको नक्कली छानबिन आयोग अस्वीकार्य: ओली

भक्तपुर, २३ असोज । नेकपा एमालेका अध्यक्ष एंव पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले गौरीबहादुर कार्कीको अध्यक्षतामा बनाएकोे...

यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने

भक्तपुर , २३ असोज । भक्तपुर नगरपालिकामा आयोजित बैठकले यस वर्षको तिहार (स्वन्ती) पर्वको मिति तय गरेको छ।...