हेरिटेज नेपाल न्यूज

ललितपुरले जडान गर्यो अर्ली वार्निङ प्रणाली

Date:

Share post:

Changunarayan Nagarpalika

नदीमा पानीको बहाव बढेपछि घण्टीले दिन्छ सूचना

ललितपुर, ७ भदौ । ललितपुर महानगरपालिकाले बाढीजन्य प्राकृतिक विपद्को पूर्व जानकारी दिन अर्ली वार्निङ प्रणाली जडान गरेको छ। महानगरले हालपालिका भित्रका दुई ठाउँमा यो प्रणाली जडान गरेको हो । यो प्रणाली जडान गर्ने ललितपुर महानगर पहिलो स्थानीय तह हो । वडा नं.२८ हरिसिद्धीस्थित कर्मनाशा पुल र वडा नं.४ नख्खु खोला नजिकै यो प्रणाली जडान गरिएको महानगर विपद् व्यवस्थापन शाखाले जनाएको छ ।
ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले महानगरभित्र पर्ने मुख्य दुई नदी नजिकै यो प्रणाली जडान गरिएको बताए । ‘ यी दुईवटा नदी वरपरका अन्य वडाहरुलाई पनि सचेत हुन यो प्रणालीले मद्दत गर्छ, नदीमा पानीको बहाब बढेपछि घन्टी बज्छ, यो घन्टीले सचेत हुन र आवश्यक सावधानी अपनाउन मद्दत गर्छ’, उनले भने । आवश्यक भए अन्यत्र पनि जडान गर्ने महानगर प्रमुख महर्जनले बताए । महानगर विपद् व्यवस्थापन शाखाका अनुसार झण्डै दुई किलोमिटरसम्म घण्टीको आवाज सुनिन्छ । बाढीको अवस्था बारे नगर प्रहरी र अन्य सरोकारवालालाई जानकारी दिन समेत संयन्त्र जडान गर्ने तयारी महानगरले गरेको छ । अर्ली वार्निङ सिस्टम जडान गर्नुको मुख्य उद्देश्य जनधनको क्षति हुन नदिनु भएको नगर प्रमुख महर्जनले  बताए ।

ललितपुर महानगरले विपद् व्यवस्थापनका लागि एउटै छानामुनि विपद् व्यवस्थापनमा आवश्यक जनशक्ति र सामग्रीहरुको व्यवस्थापन गरेको छ । पुल्चोक दमकलस्थित नगरप्रहरी बल कार्यालयमा नगरप्रहरी, दमकल, शववहान, डुङाको व्यवस्थापन गरेको छ । यसैगरी विपद्को बेलामा प्रयोग गर्नुपर्ने अन्य सामग्रीहरुमा पनि त्यहाँ राखिएको छ । ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले विपद् भइहाले आवश्यक पर्ने सबै संयन्त्र एकै पटक पुगोस् भन्ने हेतुले एकै छानामुनि सबै संयन्त्रको व्यवस्था गरेको बताए । अन्तर्राष्ट्रिय अभ्यास अनुसार विपद् व्यवस्थापनका बेला जनशक्तिसँगसँगै  एम्बुलेन्स पनि सँग जानुपर्छ, हामीले यो अभ्यासलाई ललितपुर महानगरमा प्रयोग गरेकाे जनाएको छ । महानगरले अघिल्लो वर्ष असोजको दोस्रो साता आएको बाढीमा उद्धारका लागि डुङ्गाको सक्त अभाव भएपछि महानगरले केही महिना अघि डुङ्गा खरिद गरेको छ । यसका साथै साना ठूला गरी ६ वटा दमकल महानगरसँग छ । ‘गल्लीभित्र पसेर आगो निभाउन सक्ने दमकल पनि महानगरसँग छ, ’ उनले भने । महानगरले विभिन्न कारणले हुने विपदबाट जोगिन वडास्तर सम्म पुगेर सचेतना कार्यक्रम पनि आयोजना गरेको छ । महानगरको वन, वातावरण तथा विपद् व्यवस्थापन समितिकाले वडै पिच्छे विपद् व्यवस्थापन र सचेतनाका लागि वडा स्तरीय स्वयंम सेवक समूह गठन गर्ने तयारी समेत गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Rastriya Parichhayapatra
Nepal Oil Neegam

सम्बन्धित लेखहरू

विशेष महाधिवेशनबाट गगन थापा सभापति

काठमाडौँ, १ माघ । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरको महाधिवेशनबाट सभापतिमा गगन थापा निर्वाचित भएका छन् । सभापतिमा उनको...

खेलकुद विकासका लागि ‘पेसएक्स स्पोटर्स’

काठमाडौँ, १ माघ । नेपाली खेलकुदको दिगो विकासमा योगदान पुर्‍याउने उद्देश्यले ‘पेसएक्स स्पोटर्स’ संस्था संचालनमा आएको छ ।...

युएईमा अध्ययनमा पठाउने भन्दै ठगीको आरोपमा कन्सल्टेन्सीका पाँच सञ्चालक पक्राउ

काठमाडौं, १ माघ । युएईमा अध्ययन गर्न पठाउने भनी रकम उठाएर ठगेको आरोपमा प्रहरीले पाँच जना कन्सल्टेन्सीका सञ्चालकलाई...

बाग्मती प्रदेशको स्वास्थ्य सेवा सुधारका अभियन्ता: स्वास्थ्यमन्त्री किरण थापा

काठमाडौं, २९ पुस । नेपालको संघीय संरचनाअन्तर्गत रहेका सातवटै प्रदेशमध्ये सबैभन्दा जनघनत्वयुक्त, राजधानी केन्द्रित र स्वास्थ्य दृष्टिकोणले चुनौतीपूर्ण...