हेरिटेज नेपाल न्यूज

भक्तपुर अस्पतालमा हेमो डायलासिस सुरु

Date:

Share post:

भक्तपुर, १४ साउन । भक्तपुर अस्पतालमा हेमो डायलासिस सेवा संचालनको थालनी भएको छ । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयको सहयोगमा संचालनमा आएको हेमो डायलोसिस सेवाको उद्घाटन बागमती प्रदेश स्वास्थ्यमन्त्री किरण थापाले गरेका छन् ।

प्रादेशिक अस्पतालमा डायलासिस सेवा विस्तार गर्ने उद्देश्यले बागमती प्रदेश सरकारले खरिद गरेको १६ थान डायलासिस मेशिन मध्ये भक्तपुर अस्पतालमा पाँच शय्याको डाइलासिस सेवा बुधबारबाट संचालनमा आएको मन्त्री थापाले जानकारी दिए । ‘बागमती प्रदेशले रसुवा र काठमाडौं टोखा अस्पतालबाहेकका ११ प्रादेशिक अस्पतालहरूमा डायलासिस सेवा सुरू भइसकेको बाँकीमा पनि संचालनको तयारीमा रहेको छ’, उनले भने ।
कार्यक्रममा मन्त्री थापाले भक्तपुर अस्पताललाई नयाँ भवन निर्माणका लागि चालूआर्थिकवर्षका लागि मन्त्रालयले तीन करोड रूपैयाँ बजेटको व्यवस्था गरेको र थप बजेटका लागि दाता खोज्ने काम भइरहको बताउँदै बहुवर्षीय योजना अनुरूप पाँच वर्ष भित्र नयाँ भवन निर्माण सम्पन्न गर्ने बताएका छन् ।

कार्यक्रममा बागमती प्रदेश स्वास्थ्य मन्त्रालयकी सचिव डा. सुमित्रा गौतमले न्यूनतम सेवा मापदण्ड अनुसार ‘बी’ ग्रेडका अस्पतालमध्ये देशकै सर्वोत्कृष्ट अस्पताल बनेको भक्तपुर अस्पताल प्रदेशले गर्व गर्न लायक अस्पतालको रूपमा विकास भइरहेको बताइन्। ७१ प्रतिशत मानिस नसर्ने रोगका कारण मृत्यु हुने गरेको बताउदै सचिव गौतमले रोग लाग्नै नदिन सामाजिक चेतनाका अभियान सञ्चालन गर्न लागेको र मन्त्रालयले फास्ट ट्रयाक ओपिडी सेवा सुरु गर्ने तयारी गरेको बताएकी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

सम्बन्धित लेखहरू

प्रभु बैंकका सिईओ, डेपुटी सिइओ र सिसिओ पक्राउ

काठमाडौं, १४ मंसीर । नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ), नायब प्रमुख...

मल्लकालीन स्वरूपमा ठडिँदै थन्थु दरबार

भक्तपुर, १४ मंसीर । विश्वसम्पदामा सूचीकृत भक्तपुर दरबार क्षेत्रस्थित थन्थु दरबार मल्लकालीन स्वरूपमा पुन:निर्माण थालेको छ । २०७२...

ललितपुर महानगर ३ मा विषादी परीक्षण केन्द्र

ललितपुर, १३ मंसिर ।  ललितपुर महानगरपालिका-३ मा बिक्री हुने तरकारीमा विषादी प्रयोग भए नभएको परीक्षण हुने भएको छ...

वक्तृत्वकला प्रतियोगिता सम्पन्न ललितपुरका पद्यप्रकाश,टिका विद्याश्रम, रुद्रायणी-प्रथम, द्धितीय र तृतीय

ललितपुर, १३ मंसिर । ललितपुर महानगरसँगको सहकार्यमा ललितपुर चक्रपथ महानगर सफाई अभियान र अभिभावक संघ नेपालले संयुक्त रुपमा...