हेरिटेज नेपाल न्यूज

सलां गणेश मन्दिर पछाडिको पाटी उद्घाटन

Date:

Share post:

Changunarayan Nagarpalika

भक्तपुर, १० श्रावण। भक्तपुर नगरपालिका वडा नं ९ स्थित ऐतिहासिक सलाँ गणेश मन्दिर पछाडिको पाटी पुनः निर्माण सम्पन्न भई शनिबार विशेष समारोहबीच उद्घाटन गरिएको छ। भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले शनिबार स्थानीय उपभोक्ता समितिको पहलमा सम्पन्न पाटीको उद्घघाटन गरेका हुन् ।
नगर प्रमुख प्रजापतिले भक्तपुर सम्पदाको सहर भएकाले सम्पदा संरक्षणमा नगरपालिका विशेष प्राथमिकताका साथ लागिरहेको बताउँदै अरनिको सभा भवन र दरबार क्षेत्रका अन्य सम्पदाहरूको पुनः निर्माण कार्य तीव्र गतिमा अगाडि बढाइएको जानकारी दिए।
उनले जनताको सहभागितामा सम्पदा जगेर्ना कार्य भइरहेको बताउँदै भक्तपुर नगरपालिकाद्वारा सञ्चालित शैक्षिक संस्थाहरुले देशकै लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गरिरहेको र स्थानीय विकासका लागि शिक्षा, स्वास्थ्य लगायत क्षेत्रमा निरन्तर सेवा दिइरहेको उल्लेख गरे।
भक्तपुरको विकासमा सबैको साथ र सहयोग रहेको बताउँदै उनले नगरपालिकाले जनताको सहजताको लागि विभिन्न क्षेत्रमा काम गरिरहेको बताए ।

  1. कार्यक्रममा ९ नं वडा अध्यक्ष रविन्द्र ज्याख्वले पाटी पुनः निर्माण कार्यको आर्थिक हिसाब किताब पारदर्शी बनाउन सार्वजनिक सुनुवाइ कार्यक्रमको खाँचो रहेको बताउदै प्रत्येक वडाले एउटा सम्पदा निर्माण कार्यलाई जोड दिदै आएको बताए । पाटीलाई पुरानै शैलीमा निर्माण गर्ने कोसिस गरेको बताउदै यो फल्चा करिव ३ सय वर्ष पुरानो रहेको बताए । उनले हाल उपभोक्ता समिति मार्फत सलाँ गणेश जिर्णद्वार सँगै पोखरीको वरपरको सौन्दर्यीकरण पनि सँगै अगाडि बढाइने जानकारी दिए।
    भक्तपुर नगरपालिकाका सम्पदा शाखा प्रमुख रामगोविन्द श्रेष्ठले वि. स. २०७२ सालको भुकम्पले क्षती भएको पाटी लामो समयको प्रयासपछि पाटी निर्माण सम्पन्न भएको बताए । सलाँ गणेश पोखरी उपभोक्ता समितिका अध्यक्ष श्यामकृष्ण लवजुले ५४ लाख रुपैयाँ लगत इस्टिमेतमा सला गणेश पोखरी जिर्णोद्वार भैरहेको र हालसम्म करिव ७० प्रतिशत काम सम्पन्न भएको जानकारी दिए।
    सलाँ गणेश मन्दिर पछाडिको पाटी उपभोक्ता समितिका कोषाध्यक्ष रत्ना चवालले पाटी निर्माणमा हालसम्म १९ लाख ६४ हजार ५१२ रुपैयाँ खर्च भएको विवरण सार्वजनिक गरेकाे छ। कार्यक्रममा पुर्व वडा सदस्य एव सलाँ गणेश मन्दिर पछाडिको पाटी पुनः निर्माण समितिका अध्यक्ष जगतलाल मानन्धरले धन्यवाद व्यक्त गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Rastriya Parichhayapatra
Nepal Oil Neegam

सम्बन्धित लेखहरू

भक्तपुर नगरपालिकाको उन्नाइसौं नगरसभा सम्पन्न

भक्तपुर, २८ पुस । भक्तपुर नगरपालिकाको उन्नाइसौं नगरसभा सोमबार सम्पन्न भएको छ । नगरसभा सफलतापूर्वक सम्पन्न भएकोमा सभाध्यक्ष...

भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा सुरेन्द्र तुबन्जा श्रेष्ठ

भक्तपुर, २८ पुस । भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा सुरेन्द्र तुबन्जा श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । आठौँ...

त्रिशुली किनारमा बालुवामा पुरिएको अवस्थामा बस भेटियो, गत वर्ष बेपत्ता डिलक्स बस भएको आंशका

काठमाडौं, २७ पुस । तनहुँको आँबुखैरहनी गाउँपालिका–५ द्वोन्द्राङ बेँसीस्थित त्रिशूली किनारमा बसको टुक्रा भेटिएको छ । माछा मार्ने...

सुनको मूल्य बढ्यो

काठमाडौं, २७ पुस । स्थानीय बजारमा सुनचाँदीको मूल्यमा निरन्तर उतारचढाव देखिएको छ । पछिल्ला दुई दिनमा सुनको मूल्य...