ख्वप अस्पतालद्वारा नवजात शिशुको दुर्लभ रोगको निःशुल्क उपचार

Date:

Share post:

Suryabinayak Nagarpalika

भक्तपुर, ६ साउन । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालले नवजात शिशुमा भएको दुर्लभ रोगको निःशुल्क उपचार गरेको छ । सिन्धुली घरभई हाल जगाती डेरा गरी बस्ने २८ वर्षीय मनमाया सार्कीले जुम्ल्याहा बच्चालाई जन्म दिइन् । जुम्ल्याहामध्ये एक शिशुमा पेटको अंग बाहिर निस्कने (omphalocele) समस्या भएको हुँदा सुत्केरीलाई सिन्धुली जनस्वास्थ्य कार्यालयबाट डेलिभरीको लागि भक्तपुर अस्पतालमा रिफर गरिएको र भक्तपुर अस्पतालले थापाथलीमा रिफर गरिएको थियो ।

थापाथली अस्पतालमा जुम्ल्याहा शिशुहरुको जन्म भयो । परिवारको आर्थिक अवस्था कमजोर भएकोले उपचार गराउन नसकिने भन्दै घरफिर्ता ल्याए । आर्थिक अभावका कारण आफ्नो शिशुलाई उपचारको लागि अस्पताल लान नसकिरहेको अवस्थामा भक्तपुर नगरपालिकाको घरदैलो नर्सिङमा खटिएका नर्सहरुले शिशुको अवस्थाबारे अस्पताललाई जानकारी दियो ।

ख्वप अस्पताल प्रशासनले तुरुन्त अभिभावकलाई बोलाई सम्पूर्ण उपचार निःशल्क हुने गरी व्यवस्था मिलायो । विशेषज्ञ डाक्टर, नर्स र स्वास्थ्यकर्मीहरुको सहयोगले शिशुको सफल उपचार गराइयो र त्यस शिशुलाई २३ दिनसम्म अस्पतालमा राखेर निःशुल्क उपचार गरेको ख्वप अस्पतालका निमित्त मेडिकल डाइरेक्टर डा. मजेश प्रताप मल्लले बताए । शिशु पूर्ण रुपमा निको भएर अस्पतालबाट डिस्चार्ज भइसकेको डा. मल्लले बताए । ख्वप अस्पताल जनताको अस्पताल हो, गरिब जनताको उपचारमा अस्पताल सदा दत्तचित्त भएर लाग्ने बताउँदै डा. मल्लले नवजात शिशुले नयाँ जीवन पाएकोमा सिंगो अस्पताल हर्षित भएको बताए ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

एसिया प्यासिफिक सिटी समिटमा सहभागी हुन मध्यपुर थिमिको टोली जापान प्रस्थान

भक्तपुर, ३० असोज । मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ अन्तर्राष्ट्रिय सहर सम्मेलनमा सहभागी हुन आज जापान...

काठमाडौंमा अब पाइने छ बाइक एम्बुलेन्स सेवा

काठमाडौं, ३० असोज । काठमाडौं महानगरपालिकाले आजदेखि बाइक एम्बुलेन्स सेवा शुरु गरेको छ। शुक्रबार काठमाडौँ महानगरपालिकाको अनुदान तथा...

सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा

भक्तपुर, ३० असोज । सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री किरण...

मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शनको परम्परा पुनरुत्थान गरिँदै

भक्तपुर, ३० असोज । मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शन गराउने परम्परालाई पुनरुत्थान गरिने भएको छ। स्थानीय शाक्य,...