हेरिटेज नेपाल न्यूज

ख्वप अस्पतालद्वारा नवजात शिशुको दुर्लभ रोगको निःशुल्क उपचार

Date:

Share post:

Changunarayan Nagarpalika

भक्तपुर, ६ साउन । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालले नवजात शिशुमा भएको दुर्लभ रोगको निःशुल्क उपचार गरेको छ । सिन्धुली घरभई हाल जगाती डेरा गरी बस्ने २८ वर्षीय मनमाया सार्कीले जुम्ल्याहा बच्चालाई जन्म दिइन् । जुम्ल्याहामध्ये एक शिशुमा पेटको अंग बाहिर निस्कने (omphalocele) समस्या भएको हुँदा सुत्केरीलाई सिन्धुली जनस्वास्थ्य कार्यालयबाट डेलिभरीको लागि भक्तपुर अस्पतालमा रिफर गरिएको र भक्तपुर अस्पतालले थापाथलीमा रिफर गरिएको थियो ।

थापाथली अस्पतालमा जुम्ल्याहा शिशुहरुको जन्म भयो । परिवारको आर्थिक अवस्था कमजोर भएकोले उपचार गराउन नसकिने भन्दै घरफिर्ता ल्याए । आर्थिक अभावका कारण आफ्नो शिशुलाई उपचारको लागि अस्पताल लान नसकिरहेको अवस्थामा भक्तपुर नगरपालिकाको घरदैलो नर्सिङमा खटिएका नर्सहरुले शिशुको अवस्थाबारे अस्पताललाई जानकारी दियो ।

ख्वप अस्पताल प्रशासनले तुरुन्त अभिभावकलाई बोलाई सम्पूर्ण उपचार निःशल्क हुने गरी व्यवस्था मिलायो । विशेषज्ञ डाक्टर, नर्स र स्वास्थ्यकर्मीहरुको सहयोगले शिशुको सफल उपचार गराइयो र त्यस शिशुलाई २३ दिनसम्म अस्पतालमा राखेर निःशुल्क उपचार गरेको ख्वप अस्पतालका निमित्त मेडिकल डाइरेक्टर डा. मजेश प्रताप मल्लले बताए । शिशु पूर्ण रुपमा निको भएर अस्पतालबाट डिस्चार्ज भइसकेको डा. मल्लले बताए । ख्वप अस्पताल जनताको अस्पताल हो, गरिब जनताको उपचारमा अस्पताल सदा दत्तचित्त भएर लाग्ने बताउँदै डा. मल्लले नवजात शिशुले नयाँ जीवन पाएकोमा सिंगो अस्पताल हर्षित भएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Rastriya Parichhayapatra
Nepal Oil Neegam

सम्बन्धित लेखहरू

विशेष महाधिवेशनबाट गगन थापा सभापति

काठमाडौँ, १ माघ । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरको महाधिवेशनबाट सभापतिमा गगन थापा निर्वाचित भएका छन् । सभापतिमा उनको...

खेलकुद विकासका लागि ‘पेसएक्स स्पोटर्स’

काठमाडौँ, १ माघ । नेपाली खेलकुदको दिगो विकासमा योगदान पुर्‍याउने उद्देश्यले ‘पेसएक्स स्पोटर्स’ संस्था संचालनमा आएको छ ।...

युएईमा अध्ययनमा पठाउने भन्दै ठगीको आरोपमा कन्सल्टेन्सीका पाँच सञ्चालक पक्राउ

काठमाडौं, १ माघ । युएईमा अध्ययन गर्न पठाउने भनी रकम उठाएर ठगेको आरोपमा प्रहरीले पाँच जना कन्सल्टेन्सीका सञ्चालकलाई...

बाग्मती प्रदेशको स्वास्थ्य सेवा सुधारका अभियन्ता: स्वास्थ्यमन्त्री किरण थापा

काठमाडौं, २९ पुस । नेपालको संघीय संरचनाअन्तर्गत रहेका सातवटै प्रदेशमध्ये सबैभन्दा जनघनत्वयुक्त, राजधानी केन्द्रित र स्वास्थ्य दृष्टिकोणले चुनौतीपूर्ण...