हेरिटेज नेपाल न्यूज

डोलेश्वर महादेव मन्दिरमा श्रावणी मेला सुरू

Date:

Share post:

भक्तपुर, १ साउन । केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा बिहीबारदेखि श्रावणी मेला शुरु भएको छ । सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित डोलेश्वर मन्दिरमा बिहानैदेखि दर्शनार्थीको भीड लागेको केदारनाथको शिर डोलेश्वर महादेव मन्दिर संरक्षण तथा विकास समितिका अध्यक्ष धर्मराज बस्नेतले बताए ।

अध्यक्ष बस्नेतका अनुसार, श्रावणी मेलाको पहिलो दिन बिहिवार बिहान स्थानीय चन्द्रविनायक मन्दिर पौखेलबाट डोलेश्वर मन्दीरसम्म कलश यात्रा गरेर मेलाको शुभारम्भ गरेको छ । उक्त यात्राको बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा मगरले शुभारम्भ गरेका छन् ।

डोलेश्वर मन्दिरमा ३८ दिनसम्म चल्ने मेला अवधिभर करिब तीन लाख स्वदेशी तथा भारतीय पर्यटकको आगमन हुने अनुमान गरिएको छ । समितिका अनुसार, डोलेश्वरमा श्रावणी मेलाका अवसरमा खासगरी शनिबार र सोमबार दर्शनार्थीको अत्यधिक घुइँचो लाग्ने गर्दछ । अन्य दिनमा समेत पाँच सयदेखि एक हजारको हाराहारीमा दर्शनार्थी आउँने गर्दछन् । मेलाबाट करिब एक करोड रुपैयाँ संकलन हुने अनुमान गरेको समितिले जनाएको छ । २०६६ साल भदौ ६ गते डोलेश्वर मन्दिरलाई केदारनाथको शिर घोषणा गरेको दिनको अवसरमा भदौ ६ गते विशेष कार्यक्रमका साथ मेलाको समापन गरिने छ । मेलाको समापन सुर्यविनायक नगरपालिकाका नगर प्रमुख बाशुदेव थापाबाट गर्ने कार्यक्रम तय भएको केदारनाथको शिर डोलेश्वर महादेव मन्दिर संरक्षण तथा विकास समितिका महासचिव हरिशरण बस्नेतले जानकारी दिए ।

मेलालाई थप प्रभावकारी बनाउँन प्रत्येक सोमबार र शनिबार विशिष्ट धार्मिक गुरुहरुबाट धार्मिक प्रवचन तथा कलाकारद्धारा भजन कृतन तथा प्रस्तुती गरिने भएको छ । डोलेश्वर मन्दीरलाई केदारनाथको शिर घोषणा गरिएको अवसरमा सर्वसाधारणले भदौ ६ गते मन्दिरको गर्भगृहसम्मै पुगेर पुजा गर्न पाउँने व्यवस्था मिलाइएको छ ।
मेला अवधिमा पाँच दर्जनबढी स्वयंसेवक परिचालन गरिनेछ भने स्वास्थ्य शिविर पनि आयोजना गरिने जनाइएको छ। सूर्यविनायक नगरपालिका–८ का वडाअध्यक्ष पुष्पराज बस्नेतले मेलालाई व्यवस्थित र सुरक्षित बनाउन सिसीटिभीसमेत जडान गरिएको बस्नेतले बताए ।

केदारनाथको शिर डोलेश्वर महादेव जिल्ला र देशमा मात्र सीमित नरही अन्तराष्ट्रिय पहिचान बनाउन सफल भएको बताउँदै  वडाअध्यक्ष बस्नेतले पछिल्लो समय डोलेश्वरमा हजारौंको संख्यामा भारतीय धार्मिक पर्यटकको उपस्थिति हुने गरेको जानकारी दिए । यसैबीच श्रावण शुरु भएसंगै सिपाडोलकै प्रसिद्ध आशापुरी महादेव मन्दिरमा साउनको शुभारम्भसंगै दर्शनार्थीको चहलपहल बढ्न थालेको छ ।  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

सम्बन्धित लेखहरू

रसुवामा बाढीले बेपत्ता भएका भक्तपुरका ४ मध्ये ३ एकै परिवारका

भक्तपुर,२० असोज । लाङटाङ घुम्न जाने क्रममा रसुवाको गोसाइँकुण्ड गाउँपालिका–४ को बेरिङ खोल्साले बगाएर बेपत्ता भएका भक्तपुरका चारमध्ये...

शुक्रबारदेखि ३ दिन भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन सरकारको आग्रह

काठमाडौं, १६ असोज । भारी वर्षाको पूर्वानुमानका आधारमा प्राकृतिक प्रकोप सिर्जित विपद् आउन सक्ने आकलन गरिएको छ ।...

आज महानवमी पर्व मनाउँदै

काठमाडौं, १५ असोज । प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज देशभर नवदुर्गा भगवतीको विशेष...

नवकुमारी आर्यतारा शाक्य

काठमाडौं, १४ असोज । नवकुमारी आर्यतारा शाक्यलाई कुमारीघर प्रवेश गराइएको छ। कुमारीघर प्रवेश गराई उनलाई शुभसाइतमा विधिवत् रूपमा...