हेरिटेज नेपाल न्यूज

४० केजी गाँजा सहित ५ पक्राउ

Date:

Share post:

काठमाडौं, २७ असार । काठमाडौंको कोटेश्वरबाट ४० किलो गाँजासहित पाँच जना पक्राउ परेका छन्। बिहीबार कोटेश्वरको पाल्पाकोटमा रहेको एक घरबाट प्रहरीले ४० किलो गाँजा बरामद गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए।
उक्त घरमा बस्ने धादिङका सुमन चेपाङको डेराबाट प्रहरीले उक्त गाँजा बरामद भएको हो। उनीसँगै अन्य चार जना पनि पक्राउ परेका छन्। उनीहरू सबै जना धादिङकै हुन्। १९ वर्षीय प्रकाश चेपाङ, २० वर्षीय शंकर चेपाङ, ३६ वर्षीय जीवन प्रजा र सुमन चेपाङ अहिले हिरासतमा छन्। उनीहरूबाट प्रहरीले एक लाख २५ हजार रुपैयाँ, तीन वटा मोबाइल र दुई वटा मोटरसाइकल पनि बरामद गरेको छ । कोटेश्वरमा गाँजाको किनबेच भइरहेको भन्ने सूचना प्रहरीले पाएको थियो।
सूचनाको आधारमा परिसर र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको संयुक्त टोली खटिएको थियो। उक्त टोलीले पाँचै जनालाई डेरामा फेला पारी पक्राउ गरेको हो । एसपी बोहराका अनुसार सुमनले उक्त गाँजा धादिङबाट ल्याएका थिए। ‘गाँजा उनले धादिङबाट सार्वजनिक सवारीसाधनमा राखेर ल्याएका थिए। कोटेश्वरमा उनीहरूले किनबेच गरिरहेकै बेलामा प्रहरी पुगेर पक्राउ गरेको हो,’ बोहराले भने । उनीहरूमाथि अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्‍याद प्रहरीले पाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

सम्बन्धित लेखहरू

प्रभु म्यानेजमेन्टका सहायक लेखा प्रमुख महाजु पक्राउ

काठमाडौं, ४ मंसीर। प्रभु म्यानेजमेन्टका सहायक लेखा प्रमुख हेमकुमार महाजु पक्राउ परेका छन्। हुण्डी कारोबारमा संलग्न भएको आरोपमा...

चोरी भएका ५१ मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण

काठमाडौं, ४ मंसीर । काठमाडौं उपत्यकाका विभिन्न स्थान र समयमा चोरी भएका ५१ वटा दुई पाङ्ग्रे सवारी साधन...

स्वास्थ्य क्षेत्र सुधारका लागि बागमती प्रदेशको १३ बुँदे प्रतिबद्धता पत्र

हेटौंडा, ४ मंसीर । बागमती प्रदेश सरकारले स्वास्थ्य क्षेत्रको सुधारका लागि १३ बुँदे प्रतिबद्धता पत्र जारी गरेको छ...

सहिद धर्मभक्त अंग प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशकमा डा. श्रेष्ठ नियुक्त

काठमाडौ, ३ मंसीर । सहीद धर्मभक्त मानवअंग प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशक पदमा डा.कल्पना कुमारी श्रेष्ठलाई नियुक्त गर्ने निर्णय...