हेरिटेज नेपाल न्यूज

भक्तपुर नगरपालिका पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा

Date:

Share post:

Changunarayan Nagarpalika

भक्तपुर, १९ असार । भक्तपुर नगरपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बिहीबार एक कार्यक्रमबीच पूर्ण खोप सुनिश्चितता घोषणा गरेका हुन्।

कार्यक्रममा बोल्दै उनले पूर्ण खोप सुनिश्चिततासँगै स्वास्थ्यस्वयम्सेविका र स्वास्थ्यकर्मीहरुमा थप जिम्मेवारी थपिएको बताउँदै सरकारले प्रमाणित गरेका खोपलाई सबैको पहुँचमा पुर्याउन जोड दिनुपर्ने बताए । उनले कोभिड मानव जीवनको लागि चुनौतीसँग सँगै नयाँ खोप आविष्कार गर्ने अवसर पनि बनेको बताउँदै खोपलाई बेवास्ता गर्न नहुने पाठ कोभिडले सिकाएको बताए । त्यस्तै, उपप्रमुख रजनी जोशीले स्वस्थ नयाँ पुस्ता तयार गर्न खोपको महत्वपूर्ण भूमिका हुने बताउँदै स्वस्थ र सभ्य समाज निर्माणमा सबैको हातेमालो आवश्यक भएको बताइन् ।

सो अवसरमा जनस्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख अन्जना खड्काले खोप सुनिश्चितता घोषणा गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै यससँगै भक्तपुर जिल्लाका चारवटै नगरपालिकाहरु पूर्ण खोप सुनिश्चित घोषणा भएको बताए । उक्त कार्यक्रममा जनस्वास्थ्य कार्यालय प्रमुख खड्काले भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिलाई पूर्ण खोप सुनिश्चितताको प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो भने प्रमुख प्रजापतिले १० वटै वडाका वडाध्यक्षलाई पूर्ण खोप सुनिश्चित प्रमाणपत्र हस्तान्तरण गरे। कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले स्वागत मन्तव्य दिनुभएको थियो भने खोप फोकल व्यक्ति कमलकेशरी राजचलले भक्तपुर नगरपालिकामा नियमित खोप र पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाबारे डाटा प्रस्तुतीकरण गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Rastriya Parichhayapatra
Rastriya Parichhayapatra
Nepal Oil Neegam

सम्बन्धित लेखहरू

आज खण्डग्रास चन्द्रग्रहण

काठमाडौं, १८ फागुन । फागुन शुक्ल पूर्णिमाका दिन मंगलबार बेलुकी ग्रस्तोदित खण्डग्रास (उदाउँदै ग्रहणले करिब आधा भाग ढाकिने)...

होली पर्व मनाइँदै

काठमाडौँ, १८ फागुन ।  फागुपूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङग र...

‘बालेनमाथि गोली प्रहार’ भन्दै भ्रम फैलाउने युवक पक्राउ

काठमाडौं, १७ फागुन । 'झापामा बालेन शाह माथि गोली प्रहार’ भन्दै भ्रामक सूचना फैलाएको आरोपमा एक जना पक्राउ...

पेस्तोलसहित लागूऔषध एम्फेटामाईन कारोबारी २ जना पक्राउ

काठमाडौं, १७ फागुन । प्रहरीले पेस्तोलसहित लागूऔषध एम्फेटामाईन कारोबारी २ जना पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्युरोको...