हेरिटेज नेपाल न्यूज

भक्तपुर नगरपालिका पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा

Date:

Share post:

Changunarayan Nagarpalika

भक्तपुर, १९ असार । भक्तपुर नगरपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बिहीबार एक कार्यक्रमबीच पूर्ण खोप सुनिश्चितता घोषणा गरेका हुन्।

कार्यक्रममा बोल्दै उनले पूर्ण खोप सुनिश्चिततासँगै स्वास्थ्यस्वयम्सेविका र स्वास्थ्यकर्मीहरुमा थप जिम्मेवारी थपिएको बताउँदै सरकारले प्रमाणित गरेका खोपलाई सबैको पहुँचमा पुर्याउन जोड दिनुपर्ने बताए । उनले कोभिड मानव जीवनको लागि चुनौतीसँग सँगै नयाँ खोप आविष्कार गर्ने अवसर पनि बनेको बताउँदै खोपलाई बेवास्ता गर्न नहुने पाठ कोभिडले सिकाएको बताए । त्यस्तै, उपप्रमुख रजनी जोशीले स्वस्थ नयाँ पुस्ता तयार गर्न खोपको महत्वपूर्ण भूमिका हुने बताउँदै स्वस्थ र सभ्य समाज निर्माणमा सबैको हातेमालो आवश्यक भएको बताइन् ।

सो अवसरमा जनस्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख अन्जना खड्काले खोप सुनिश्चितता घोषणा गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै यससँगै भक्तपुर जिल्लाका चारवटै नगरपालिकाहरु पूर्ण खोप सुनिश्चित घोषणा भएको बताए । उक्त कार्यक्रममा जनस्वास्थ्य कार्यालय प्रमुख खड्काले भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिलाई पूर्ण खोप सुनिश्चितताको प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो भने प्रमुख प्रजापतिले १० वटै वडाका वडाध्यक्षलाई पूर्ण खोप सुनिश्चित प्रमाणपत्र हस्तान्तरण गरे। कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले स्वागत मन्तव्य दिनुभएको थियो भने खोप फोकल व्यक्ति कमलकेशरी राजचलले भक्तपुर नगरपालिकामा नियमित खोप र पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाबारे डाटा प्रस्तुतीकरण गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Rastriya Parichhayapatra
Nepal Oil Neegam

सम्बन्धित लेखहरू

विशेष महाधिवेशनबाट गगन थापा सभापति

काठमाडौँ, १ माघ । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरको महाधिवेशनबाट सभापतिमा गगन थापा निर्वाचित भएका छन् । सभापतिमा उनको...

खेलकुद विकासका लागि ‘पेसएक्स स्पोटर्स’

काठमाडौँ, १ माघ । नेपाली खेलकुदको दिगो विकासमा योगदान पुर्‍याउने उद्देश्यले ‘पेसएक्स स्पोटर्स’ संस्था संचालनमा आएको छ ।...

युएईमा अध्ययनमा पठाउने भन्दै ठगीको आरोपमा कन्सल्टेन्सीका पाँच सञ्चालक पक्राउ

काठमाडौं, १ माघ । युएईमा अध्ययन गर्न पठाउने भनी रकम उठाएर ठगेको आरोपमा प्रहरीले पाँच जना कन्सल्टेन्सीका सञ्चालकलाई...

बाग्मती प्रदेशको स्वास्थ्य सेवा सुधारका अभियन्ता: स्वास्थ्यमन्त्री किरण थापा

काठमाडौं, २९ पुस । नेपालको संघीय संरचनाअन्तर्गत रहेका सातवटै प्रदेशमध्ये सबैभन्दा जनघनत्वयुक्त, राजधानी केन्द्रित र स्वास्थ्य दृष्टिकोणले चुनौतीपूर्ण...