हेरिटेज नेपाल न्यूज

ललितपुर महानगरले गर्यो नगरसभा नीति तथा कार्यक्रम पेश

Date:

Share post:

बुङमती, खोकना, धापाखेल, सुनाकोठी हरिसिद्धिलाई समेटेर सांस्कृतिक सडक निर्माण गर्ने
ललितपुर, ६ असार । ललितपुर महानगरपालिकाले महानगरभित्रका सडकलाई रणनीतिक, सांस्कृतिक सडक निर्माण गर्ने भएको छ । ललितपुर महानगरको सातौं नगरसभामा आर्थिक वर्ष ०८२/८३को नीति तथा कार्यक्रम पेश गर्दै नगर प्रमुख चिरीबाबु महर्जनले पाटन दरबार क्षेत्र, बुङमती, खोकना, सुनाकोठी, धापाखेल हरिसिद्धिलाई समेटेर रणनीतिक सांस्कृतिक सडक निर्माणलाई प्राथमिकताका साथ कार्यान्वयन गर्ने बताए । यो अवधारणाले यी वडालाई सांस्कृतिक वडा बनाउन सहयोग पुग्ने नगर प्रमुख महर्जनले बताए । त्यसैगरी दीर्घकालीन महत्व बोकेका सडकहरु पहिचान गरी ती सडकलाई रणनीतिक सडकहरुको रुपमा वर्गिकरण गरिने पेश गरिएको नीति तथा कार्यक्रममा उल्लेख छ । महानगर प्रमुख महर्जन नीति तथा कार्यक्रम प्रस्तुत गर्दै महानगर र वडाले गर्ने सडकको समेत वर्गिकरण गर्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

सम्बन्धित लेखहरू

गौरीबहादुर कार्कीको अध्यक्षतामा बनेको नक्कली छानबिन आयोग अस्वीकार्य: ओली

भक्तपुर, २३ असोज । नेकपा एमालेका अध्यक्ष एंव पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले गौरीबहादुर कार्कीको अध्यक्षतामा बनाएकोे...

यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने

भक्तपुर , २३ असोज । भक्तपुर नगरपालिकामा आयोजित बैठकले यस वर्षको तिहार (स्वन्ती) पर्वको मिति तय गरेको छ।...

रसुवामा बाढीले बेपत्ता भएका भक्तपुरका ४ मध्ये ३ एकै परिवारका

भक्तपुर,२० असोज । लाङटाङ घुम्न जाने क्रममा रसुवाको गोसाइँकुण्ड गाउँपालिका–४ को बेरिङ खोल्साले बगाएर बेपत्ता भएका भक्तपुरका चारमध्ये...

शुक्रबारदेखि ३ दिन भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन सरकारको आग्रह

काठमाडौं, १६ असोज । भारी वर्षाको पूर्वानुमानका आधारमा प्राकृतिक प्रकोप सिर्जित विपद् आउन सक्ने आकलन गरिएको छ ।...