हेरिटेज नेपाल न्यूज

अमेरिकाबाट डिपोर्टमा परेकाहरू काठमाडौं उत्रिए

Date:

Share post:

Changunarayan Nagarpalika

काठमाडौं, २६ जेठ । अमेरिकी कानुन उल्लंघन गरेको आरोपमा अमेरिकाबाट डिपोर्टमा परेका ३२ पुरुष र  ५ महिला मध्यरातमा काठमाडौं उत्रिएका छन् । अमेरिकाले ओम्नी एयर इन्टरनेसनलको कल–साइन एन–४८६ एएक्स जहाजबाट चार्टर गरेर उनीहरुलाई आइतबार मध्यराति फर्काएको हो ।

यो विमानमा अमेरिकाले भारत र बंगलादेशका नागरिकलाई पनि फिर्ता ल्याएको छ । ट्रम्पले दोस्रो कार्यकाल सम्हालेयता १ सय ७७ जना नेपाली निष्कासन (डिपोर्ट) मा परेका छन् । आइतबारसम्म १ सय ७७ नेपाली निष्कासनमा परिसकेका छन् ।

प्रहरीको मानवबेचबिखन अनुसन्धान ब्युरोले डिपोर्टमा परेकाहरुसँग सोधपुछ गरेर सूचना संकलन गर्ने तयारी थालेको छ । यसअघि अमेरिकाबाट डिपोर्टमा परेर फर्केकासँग पनि ब्युरोका अनुसन्धान अधिकारीहरुले सोधपुछ गरेका थिए । उनीहरु कसरी अमेरिका पुगे, किन डिपोर्टमा परे र यो घटनामा स‌ंगठित मानव तस्करीको भूमिका के छ भनेर ब्युरोले चासो राखेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Rastriya Parichhayapatra
Nepal Oil Neegam

सम्बन्धित लेखहरू

विशेष महाधिवेशनबाट गगन थापा सभापति

काठमाडौँ, १ माघ । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरको महाधिवेशनबाट सभापतिमा गगन थापा निर्वाचित भएका छन् । सभापतिमा उनको...

खेलकुद विकासका लागि ‘पेसएक्स स्पोटर्स’

काठमाडौँ, १ माघ । नेपाली खेलकुदको दिगो विकासमा योगदान पुर्‍याउने उद्देश्यले ‘पेसएक्स स्पोटर्स’ संस्था संचालनमा आएको छ ।...

युएईमा अध्ययनमा पठाउने भन्दै ठगीको आरोपमा कन्सल्टेन्सीका पाँच सञ्चालक पक्राउ

काठमाडौं, १ माघ । युएईमा अध्ययन गर्न पठाउने भनी रकम उठाएर ठगेको आरोपमा प्रहरीले पाँच जना कन्सल्टेन्सीका सञ्चालकलाई...

बाग्मती प्रदेशको स्वास्थ्य सेवा सुधारका अभियन्ता: स्वास्थ्यमन्त्री किरण थापा

काठमाडौं, २९ पुस । नेपालको संघीय संरचनाअन्तर्गत रहेका सातवटै प्रदेशमध्ये सबैभन्दा जनघनत्वयुक्त, राजधानी केन्द्रित र स्वास्थ्य दृष्टिकोणले चुनौतीपूर्ण...