तीनकुने घटनामा संलग्नको आरोपमा शिव सेना नेपालको अध्यक्ष बस्नेत पक्राउ

Date:

Share post:

काठमाडौं, २८ वैशाख । काठमाडौंको तीनकुने क्षेत्रमा आगजनी, तोडफोडमा संलग्नको आरोपमा प्रहरीेले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शिव सेना नेपालका अध्यक्ष मोरङ, विराटनगर महानगरपालिका-३ का ४७ वर्षीय अनिल बाबा भन्ने अनिल बस्नेत छन् ।

२०८१ चैत्र १५ गते  काठमाडौं-३२ तीनकुने स्थित खुल्ला चौरमा “राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल” द्वारा आयोजित प्रदर्शनमा क्रममा भएको घटनामा संलग्नकाे आरोपमा बस्नेत पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । उनी विरुद्ध काठमाडौं जिल्ला अदालतबाट २ दिनको मिलान म्याद थप अनुमति लिई अनुसन्धान थालेको काठमाडौं प्रहरी प्रवक्ता एसपी अपिलराज बोहराले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

सम्बन्धित लेखहरू

दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगीको आरोपमा पक्राउ

काठमाडौं, ८ जेठ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी दक्षिण कोरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा...

गःहिटीस्थित लक्ष्मीनरसिंह मन्दिर उद्घाटन

भक्तपुर, ६ जेठ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले भक्तपुर नगरपालिकाको बजेटमा पुनःनिर्माण गरिएको भनपा...

काठमाडौंमा एक पुरूषको हत्या आरोपमा ५ जना पक्राउ

काठमाडौं, ५ जेठ । काठमाडौंमा एक जना पुरूषको हत्या गरेको अभियोगमा पाँच जना पक्राउ परेका छन्। गोकर्णेश्वर नगरपालिका–२...

१२१ वर्षपछि भक्तपुर अस्पतालमा सिटी स्क्यान सेवा संचालन

भक्तपुर, ५ जेठ । स्थापनाको १२१ वर्षपछि भक्तपुर अस्पतालमा सिटी स्क्यान सेवा संचालनमा आएको छ । सिटी स्क्यान...