हेरिटेज नेपाल न्यूज

रोशनी शाहीको कोठाबाट सुसाइड नोट फेला

Date:

Share post:

भक्तपुर, १२ जेठ । भक्तपुरमा मृत फेला परेकी रोशनी शाहीको कोठाबाट प्रहरीले सुसाइड नोट फेला पारेको छ। भक्तपुर सूर्यविनायक नगरपालिका-३ बालकोट बृहस्पति मार्गमा तीन तले घरमा कोठामा बस्दै आएकी ५० वर्षीया शाही आइतबार मृत फेला परेकी थिइन्।

आइतबार दिउँसो पौने २ बजेतिर उनी कोठाभित्र मृत फेला परेकी हुन्। भित्रबाट चुकुल लगाएर घोप्टो परेको अवस्थामा मृत भेटिएकी थिइन्। विगत साढे दुई वर्षदेखि रोशनी श्रीमानसहित  वृहस्पति मार्गको उक्त घरमा भाडामा बस्दै आएकी थिइन्।

आइतबार भने उनका श्रीमान विराटनगरमा थिए। ‘सुसाइड नोट फेला परेको छ। कापीमा लेख्नुभएको भन्ने छ। यसबारे अनुसन्धान भइरहेको छ,’ जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी ढुण्डिराज न्यौपानेले भने। शव पोष्टमर्टमको लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ।  उनले औषधि सेवन गरेको प्रहरीको प्रारम्भिक अनुमान छ। यद्यपि प्रहरीले मृत्युको यकिन कारण पोष्टमर्टमपछि खुल्ने बताएको छ। ‘छोराछोरीलाई केही गर्न नसकेको लगायतका कुराहरू उल्लेख छन्। उहाँले कसैलाई दोष लगाएको छैन,’ अनुसन्धानमा संलग्न एक प्रहरीले भने। घटना भएको खबरपछि श्रीमान आइतबार नै विराटनगरबाट फर्किएका थिए। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

सम्बन्धित लेखहरू

प्रभु बैंकका सिईओ, डेपुटी सिइओ र सिसिओ पक्राउ

काठमाडौं, १४ मंसीर । नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ), नायब प्रमुख...

मल्लकालीन स्वरूपमा ठडिँदै थन्थु दरबार

भक्तपुर, १४ मंसीर । विश्वसम्पदामा सूचीकृत भक्तपुर दरबार क्षेत्रस्थित थन्थु दरबार मल्लकालीन स्वरूपमा पुन:निर्माण थालेको छ । २०७२...

ललितपुर महानगर ३ मा विषादी परीक्षण केन्द्र

ललितपुर, १३ मंसिर ।  ललितपुर महानगरपालिका-३ मा बिक्री हुने तरकारीमा विषादी प्रयोग भए नभएको परीक्षण हुने भएको छ...

वक्तृत्वकला प्रतियोगिता सम्पन्न ललितपुरका पद्यप्रकाश,टिका विद्याश्रम, रुद्रायणी-प्रथम, द्धितीय र तृतीय

ललितपुर, १३ मंसिर । ललितपुर महानगरसँगको सहकार्यमा ललितपुर चक्रपथ महानगर सफाई अभियान र अभिभावक संघ नेपालले संयुक्त रुपमा...