हेरिटेज नेपाल न्यूज

सुनचाँदी जस्तो देखिने धातु र २९ लाख रूपैयाँ सहित एक युवा पक्राउ

Date:

Share post:

काठमाडौं, १० जेठ । सुन र चाँदी जस्तो देखिने धातु तथा झन्डै २९ लाख रूपैयाँ नगदसहित प्रहरीले काठमाडौंबाट एक जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका वडा नम्बर ३२ कोटेश्वर सेती ओपी मार्गबाट एक जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए।

उनका अनुसार प्रहरीले शुक्रबार अपराह्न सुनको अवैध कारोबार भइरहेको भन्ने सूचना पाएको थियो। उक्त सूचनाका आधारमा प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको टोलीले योगेश श्रीमन्त मगरलाई पक्राउ गरेको हो। पक्राउ परेका योगेशको घर भारत महाराष्ट्र सोलापुर हो। कोटेश्वरमा बसी श्रीराम ज्वेलर्स सञ्चालन गर्दै आएका २७ वर्षीय योगेशबाट प्रहरीले ७३४.२९ ग्राम सुन जस्तो देखिने धातु र साढे नौ किलो चाँदी जस्तो देखिने धातु बरामद गरेको हो।
बरामद भएका धातु परीक्षण गर्न बाँकी छ। योगेशबाट प्रहरीले २८ लाख ९३ हजार रूपैयाँ नगद पनि बरामद गरेको छ। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

सम्बन्धित लेखहरू

प्रभु बैंकका सिईओ, डेपुटी सिइओ र सिसिओ पक्राउ

काठमाडौं, १४ मंसीर । नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ), नायब प्रमुख...

मल्लकालीन स्वरूपमा ठडिँदै थन्थु दरबार

भक्तपुर, १४ मंसीर । विश्वसम्पदामा सूचीकृत भक्तपुर दरबार क्षेत्रस्थित थन्थु दरबार मल्लकालीन स्वरूपमा पुन:निर्माण थालेको छ । २०७२...

ललितपुर महानगर ३ मा विषादी परीक्षण केन्द्र

ललितपुर, १३ मंसिर ।  ललितपुर महानगरपालिका-३ मा बिक्री हुने तरकारीमा विषादी प्रयोग भए नभएको परीक्षण हुने भएको छ...

वक्तृत्वकला प्रतियोगिता सम्पन्न ललितपुरका पद्यप्रकाश,टिका विद्याश्रम, रुद्रायणी-प्रथम, द्धितीय र तृतीय

ललितपुर, १३ मंसिर । ललितपुर महानगरसँगको सहकार्यमा ललितपुर चक्रपथ महानगर सफाई अभियान र अभिभावक संघ नेपालले संयुक्त रुपमा...