अनुमति बिना सञ्चालन भइरहेका स्वास्थ्य संस्थालाई बागमती प्रदेशको चेतावनी

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, ३० साउन । बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले प्रदेशभित्र अनुमति बिना सञ्चालन भइरहेका स्वास्थ्य संस्थाहरूमाथि कार्यवाहीको चेतावनी दिंदै अनुमति लिन ३५ दिनको समय दिएको छ ।

प्रदेश स्वास्थ्य सेवा (पहिलो संशोधन) ऐन, २०८१ को दफा १३ को उपदफा (१०) बमोजिम, हाल सञ्चालनमा रहेका तर कानूनी अनुमति नलिएका स्वास्थ्य संस्थाले तोकिएको पूर्वाधार र मापदण्ड पूरा गरी अनुमति लिनुपर्ने व्यवस्था छ । यसै आधारमा मिति २०८२ साउन २८ गते मन्त्रालयले सूचना जारी गर्दै अनुमति प्राप्त नगरेका संस्थाले तत्काल सम्बन्धित निकायमा निवेदन दिन आग्रह गरेको हो ।

ऐन प्रारम्भ भएदेखि नै सञ्चालनमा रहेका संस्थालाई एक पटकका लागि मात्र यस्तो अवसर दिइएको मन्त्रालयले जनाएको छ । तोकिएको समयसीमा भित्र अनुमति नलिने संस्थामाथि कारबाही हुने चेतावनी पनि मन्त्रालयले दिएको छ । स्वस्थ्य मन्त्री किरण थापा मगरका अनुसार तोकिएको समयमा अनुमती नलिनेहरु कार्यबाहीको भागिदार हुनेछन् ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

एसिया प्यासिफिक सिटी समिटमा सहभागी हुन मध्यपुर थिमिको टोली जापान प्रस्थान

भक्तपुर, ३० असोज । मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ अन्तर्राष्ट्रिय सहर सम्मेलनमा सहभागी हुन आज जापान...

काठमाडौंमा अब पाइने छ बाइक एम्बुलेन्स सेवा

काठमाडौं, ३० असोज । काठमाडौं महानगरपालिकाले आजदेखि बाइक एम्बुलेन्स सेवा शुरु गरेको छ। शुक्रबार काठमाडौँ महानगरपालिकाको अनुदान तथा...

सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा

भक्तपुर, ३० असोज । सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री किरण...

मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शनको परम्परा पुनरुत्थान गरिँदै

भक्तपुर, ३० असोज । मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शन गराउने परम्परालाई पुनरुत्थान गरिने भएको छ। स्थानीय शाक्य,...