मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई एमबीबीएस पढाउन ५० सिट स्वीकृति

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, ३० साउन । चिकित्सा शिक्षा आयोगले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई यसै शैक्षिक सत्रदेखि एमबीबीएस पढाउनका लागि ५० सिटको स्वीकृति दिएको छ ।
प्रतिष्ठानमा यसअघि नै विभिन्न स्नातक तहका कार्यक्रम सञ्चालनमा छन् । बीएससी नर्सिङ कार्यक्रमको क्षमता यस वर्ष २० सिटबाट बढाएर ३० सिट पुर्‍याइएको छ । मेडिकल ल्याब टेक्नोलोजी बीएमएलटीर पब्लिक हेल्थ बीपीएच कार्यक्रम भने २०–२० सिटमै कायम रहेका छन् ।
यस्तै, ब्याचलर अफ फार्मेसी (बी-फार्मेसी) कार्यक्रम पनि ३० सिटकै संरचनामा निरन्तर सञ्चालन हुनेछ । यससँगै प्रतिष्ठानले स्नातकोत्तर तहमा यसै शैक्षिक वर्षदेखि एमडीको सात विषयमा अध्ययन सुरु हुने भएको छ । जसका लागि ८ सिट स्वीकृत भएको छ ।

स्त्री तथा प्रसूति विभागमा २ सिट, फिजिसियन, जनरल सर्जरी, बालरोग, हाडजोर्नी तथा नशारोग, फेमिली फिजिसियन र एनेस्थेसियोलोजीमा एक–एक सिटको व्यवस्था गरिएको छ ।
स्वीकृत सिट संख्या वृद्धि र नयाँ कार्यक्रम थपिनुले प्रतिष्ठानलाई प्रदेशकै स्वास्थ्य शिक्षा र अनुसन्धानको केन्द्रको रूपमा स्थापित गर्ने बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले बताएका छन् । मन्त्री थापाका अनुसार, प्रतिष्ठानले स्वास्थ्य शिक्षा विस्तारसँगै विशेषज्ञ चिकित्सक उत्पादन, गुणस्तरीय उपचार सेवा र आधुनिक अनुसन्धान प्रवर्द्वन गर्दै आएको छ ।

प्रतिष्ठानका उपकुलपति डा. प्रदीप ज्ञवालीका अनुसार, हेटौंडा अस्पतालमार्फत हाल दैनिक १ हजार ५ सय भन्दा बढीले उपचार सेवा लिइरहेका छन् । छिमेकी प्रदेशका बिरामी पनि यहाँ उपचारका लागि आउने गरेको उल्लेख गर्दै उनले प्रतिष्ठानबाट दीर्घकालमा देशभरका नागरिक लाभान्वित हुने विश्वास व्यक्त गरे।
२०७६ मा बागमती प्रदेशसभाबाट मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन पारित भएपछि, २०७७ साउन १५ मा उपकुलपति र भदौ १५ मा अन्य पदाधिकारी नियुक्त गर्दै प्रतिष्ठानले औपचारिक रूपमा काम प्रारम्भ गरेको हो। प्रतिष्ठानलाई प्रदेश गौरव आयोजनाका रुपमा राखिएको छ ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

एसिया प्यासिफिक सिटी समिटमा सहभागी हुन मध्यपुर थिमिको टोली जापान प्रस्थान

भक्तपुर, ३० असोज । मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ अन्तर्राष्ट्रिय सहर सम्मेलनमा सहभागी हुन आज जापान...

काठमाडौंमा अब पाइने छ बाइक एम्बुलेन्स सेवा

काठमाडौं, ३० असोज । काठमाडौं महानगरपालिकाले आजदेखि बाइक एम्बुलेन्स सेवा शुरु गरेको छ। शुक्रबार काठमाडौँ महानगरपालिकाको अनुदान तथा...

सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा

भक्तपुर, ३० असोज । सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री किरण...

मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शनको परम्परा पुनरुत्थान गरिँदै

भक्तपुर, ३० असोज । मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शन गराउने परम्परालाई पुनरुत्थान गरिने भएको छ। स्थानीय शाक्य,...