७८ लाखभन्दा बढी क्रिप्टोकरेन्सी कारोबारको आरोपमा पक्राउ

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, १९ साउन । क्रिप्टोकरेन्सीको कारोबारको आरोपमा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ । काठमाडौंको कलंकीबाट प्रहरीले २१ वर्षीय सुशान्त दाहाललाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुलदिप चन्दले जानकारी दिए। हेटौंडा घरभई भक्तपुरको कौशलटार बस्दै आएका दाहाललाई प्रहरीले शनिबार पक्राउ गरेको हो। कलंकीमा क्रिप्टोको कारोबार भइरहेको भन्ने सूचना पाएपछि परिसरको टोली खटिएको थियो। उक्त टोलीले दाहाललाई पक्राउ गरी अनुसन्धान अघि बढाएको हो।

अनुसन्धानको क्रममा उनले युएसडिटी, बिटिसी, इटिएच र बिएन्डबी जस्ता क्रिप्टोको कारोबार गरेको भेटिएको हो।नेपाली रकम अनुसार ७८ लाख ३० हजार ३८८ रुपैयाँभन्दा बढी रकमको कारोबार गरेको भेटिएको एसपी चन्दले बताए। एउटा मोबाइल र दुई वटा सिमकार्ड पनि प्रहरीले बरामद गरेको छ। पक्राउ परेका दाहालमाथि प्रहरीले अभौतिक मुद्राको कारोबार गर्न नहुने सम्बन्धी कसुरमा थप अनुसन्धान थालेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

बागमतीको मुख्य न्यायाधिवक्तामा शिवराम तिमिल्सिना नियुक्त

मकवानपुर, १५ भदौ । बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा भक्तपुरका अधिवक्ता शिवराम तिमिल्सिना नियुक्त भएका छन् । प्रदेश सरकारको...

एमालेद्वारा बाढीपीडितका लागि १ करोड २० लाख सहयोगको घोषणा

काठमाडौं, १५ भदौ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रसुवा बाढी, पहिरो र डुबान...

त्रिशूली पुगे ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं, १५ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ नुवाकाेटकाे त्रिशूली पुगेका छन् । बाढी प्रभावित...

अत्यावश्यक काम नपरी हेलिकप्टर माग नगर्न प्राधिकरणको अनुरोध

काठमाडौं, १५ भदौ । अत्यावश्यक काम नपरी हेलिकप्टरमार्फत उद्धारको माग नगर्न सम्बन्धित निकायसँग आग्रह गरिएको छ । आपत्कालीन...