ललितपुर महानगर पूर्ण खोप सुनिश्चित पालिका घोषणा

Date:

Share post:

Suryabinayak Nagarpalika

ललितपुर, १९ असार । ललितपुर महानगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । ‘स्थानीय स्रोतको उपयोग,स्वामित्व र सहभागितामा, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ खोप समन्वय समितिले महानगरलाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरेको हो । जिल्ला खोप समन्वय समितिको अध्यक्षमा जिल्ला समन्वय समितिका अध्यक्ष हुने व्यवस्था छ ।
जिल्ला खोप समन्वय समितिमा सदस्य सचिव एवम् जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख डा.भुवन पौडेलले नगर प्रमुख चिरीबाबु महर्जनलाई पूर्ण खोप सुनिश्चितता प्रमाणपत्र हस्तान्तरण गरे । खोप लगाउने उमेर समूहका सबै बालबालिकाले खोप लगाएको सुनिश्चित भएपछि पालिकालाई पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गरिएको उनले बताए ।

कार्यक्रममा नगर प्रमुख चिरीबाबु महर्जनले खोप सुनिश्चितता घोषण गर्न सहयोग गर्ने कर्मचारीलाई धन्यवाद दिए । खोप रोग लाग्न नदिने औषधि भएको बताउँदै खोपले बालबालिकामा विभिन्न रोगबाट बच्न प्रतिरोधात्मक क्षमता बढाउने भएकाले.खोपबाट बालबालिकालाई वञ्चित गराउन नहुने बताए । स्वास्थ्यकर्मीको निरन्तरको मिहेनतले पलिकालाई  पूर्ण खोप बनाउन सकिएको बताए । आगामी दिनमा पनि अभियानकै रूपमा सञ्चालन गर्नुपर्ने नगरप्रमुखको भनाई थियो ।

सबै वडालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको र हाल सोही तथ्याङ्क र सूचकका आधारमा पूर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा गरिएको जनस्वास्थ्य शाखा प्रमुख सरिता महर्जनले बताइन् । राष्ट्रिय खोप तालिका अनुसार नगरका २९ वटै वडाका खोप लगाउने उमेर समूहका बालबालिकाले खोप लगाएको सुनिश्चित गरिएपछि पूर्ण खोपयुक्त सुनिश्चित पालिका घोषणा गरिएको हो । नगरपालिकाले दिगोपना र पूर्ण खोप सुनिश्चितताका लागि हरेक वर्ष चैत महिना नियमित खोपको घरभेट सर्वेक्षण गर्ने उमेर अनुसार खोप पाए नपाएको यकिन गरेर खोप लगाउन छुटेको पाइएमा वैशाख महिनामा खोप दिने व्यवस्था गरेको छ । प्रत्येक वडामा वडास्तरीय खोप समन्वय समितिले पालिकालाई बालबालिकाले खोप लगाएको सुनिश्चित गरेपछि पालिकालाई पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गरिएको घोषणा कार्यक्रममा जानकारी दिइएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

उद्धार तथा राहतका कामलाई प्रभावकारी बनाउन सबै संयन्त्र परिचालन: मुख्यमन्त्री थापा

रसुवा, १६ भदौ । रसुवामा आएको विनाशकारी बाढीपछि उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई प्रभावकारी बनाउन सर्वपक्षीय बैठकले विभिन्न...

बागमतीको मुख्य न्यायाधिवक्तामा शिवराम तिमिल्सिना नियुक्त

मकवानपुर, १५ भदौ । बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा भक्तपुरका अधिवक्ता शिवराम तिमिल्सिना नियुक्त भएका छन् । प्रदेश सरकारको...

एमालेद्वारा बाढीपीडितका लागि १ करोड २० लाख सहयोगको घोषणा

काठमाडौं, १५ भदौ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रसुवा बाढी, पहिरो र डुबान...

त्रिशूली पुगे ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं, १५ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ नुवाकाेटकाे त्रिशूली पुगेका छन् । बाढी प्रभावित...