धादिङ अस्पतालमा थपिए दुई हेमाे डायलासिस मेसिन

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, १६ असार । हेमाे डायलासिस मेसिन बिग्रिएर प्रभावित भएकाे धादिङ अस्पतालकाे  हेमाे डायलासिस सेवा विस्तार हुने भएकाे छ । धादिङ अस्पतालमा दुईवटा नयाँ हेमाे डायलासिस मेसिन थपिएका छन्।

बागमतबी प्रदेश सरकार. स्वास्थ्य मन्त्रालय अन्तरगत स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रबाट प्राप्त नयाँ मेसिनहरूसँगै अस्पतालले साेमबारबाट  सेवा विस्तार भएको छ । धादिङ अस्पतालले २०७९ साउन २६ गतेदेखि मृगौला उपचारका लागि हेमाे डायलासिस सेवा सुरु गरेको थियो। हालसम्म २२ जना बिरामीले नियमित सेवा लिइरहेका छन् भने २६ जना बिरामी सेवा पर्खिरहेका छन्। तीमध्ये अधिकांश अन्य अस्पतालमा हेमाे डायलासिस सेवा लिन बाध्य छन्।

धादिङ अस्पतालका निमित्त अस्पताल निर्देशक मेसु  डा. गगन अधिकारीका अनुसार ५ वटा मेसिनमध्ये २ वटा बिग्रिएका कारण अस्पतालमा तीनवटा मेसिनमार्फत मात्र सेवा दिइरहेको थियो।  बागमति प्रदेश सरकार. स्वास्थ्य मन्त्रालय अन्तरगत स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रबाट नयाँ मेसिन प्राप्त भएपछि प्रतीक्षा सुचिमा रहेका १० जनाले सेवा पाउने छन् । नयाँ मेसिन सञ्चालनमा आएसँगै अब डायलाइसिस सेवाबाट वञ्चित बिरामीलाई सहज पहुँच हुने आशा गरिएको छ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

एसिया प्यासिफिक सिटी समिटमा सहभागी हुन मध्यपुर थिमिको टोली जापान प्रस्थान

भक्तपुर, ३० असोज । मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ अन्तर्राष्ट्रिय सहर सम्मेलनमा सहभागी हुन आज जापान...

काठमाडौंमा अब पाइने छ बाइक एम्बुलेन्स सेवा

काठमाडौं, ३० असोज । काठमाडौं महानगरपालिकाले आजदेखि बाइक एम्बुलेन्स सेवा शुरु गरेको छ। शुक्रबार काठमाडौँ महानगरपालिकाको अनुदान तथा...

सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा

भक्तपुर, ३० असोज । सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री किरण...

मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शनको परम्परा पुनरुत्थान गरिँदै

भक्तपुर, ३० असोज । मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शन गराउने परम्परालाई पुनरुत्थान गरिने भएको छ। स्थानीय शाक्य,...