हेरिटेज नेपाल न्यूज

सतुंगलस्थित कपडा गोदाममा आगलागी

Date:

Share post:

काठमाडौं, १ जेठ । काठमाडौँको चन्द्रागिरि नगरपालिका-११ सतुंगलस्थित कपडा गोदाममा बिहीबार बिहान आगलागी भएको छ। अहिले आगो नियन्त्रणमा लिइएको छ । तर, आगलागीबाट के कति क्षति भएको भन्ने यकिन भइसकेको छैन।

प्रहरी प्रभाग बलम्बुका अनुसार आरआर कम्प्लेक्सको भुँइतलामा रहेको कपडा गोदाममा बिहान ५ : २० बजे अचानक आगलागी भएको थियो। आगलागी नियन्त्रणका लागि चन्द्रागिरि नगरपालिकाको दमकल, बालाजु औधौगिक क्षेत्रको दमकल, ललितपुरबाट दकमल, नेपाली सेनाको दमकल, काठमाण्डौ महानगर पालिकाको २ वटा दमकल गरी जम्मा ६ वटा दमकल परिचालन गरिएको थियो।

प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयबासी समेत खटिएर आगो नियन्त्रणमा लिएका हुन्। बिहान करिब साढे ७ बजे आगो पूर्ण रुपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

सम्बन्धित लेखहरू

प्रभु बैंकका सिईओ, डेपुटी सिइओ र सिसिओ पक्राउ

काठमाडौं, १४ मंसीर । नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ), नायब प्रमुख...

मल्लकालीन स्वरूपमा ठडिँदै थन्थु दरबार

भक्तपुर, १४ मंसीर । विश्वसम्पदामा सूचीकृत भक्तपुर दरबार क्षेत्रस्थित थन्थु दरबार मल्लकालीन स्वरूपमा पुन:निर्माण थालेको छ । २०७२...

ललितपुर महानगर ३ मा विषादी परीक्षण केन्द्र

ललितपुर, १३ मंसिर ।  ललितपुर महानगरपालिका-३ मा बिक्री हुने तरकारीमा विषादी प्रयोग भए नभएको परीक्षण हुने भएको छ...

वक्तृत्वकला प्रतियोगिता सम्पन्न ललितपुरका पद्यप्रकाश,टिका विद्याश्रम, रुद्रायणी-प्रथम, द्धितीय र तृतीय

ललितपुर, १३ मंसिर । ललितपुर महानगरसँगको सहकार्यमा ललितपुर चक्रपथ महानगर सफाई अभियान र अभिभावक संघ नेपालले संयुक्त रुपमा...